२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमानस्थलको बिशिष्ट कक्षको दुरुपयोग , फरार सूचिमा रहेका व्यक्ति बिशिष्ट कक्षबाट बाहिरिए



अ+ अ-

काठमाडौँ । ठगी आरोपमा प्रहरीको खोजीको सूचिमा रहेका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिष्टकक्ष प्रयोग गर्दे फरार भएका छन् ।

बैदेशिक रोजगारी र दुबईमा पाइलट कोर्स गराईदिने भन्दै बिभिन्न युवा संग रकम लिएको तर काम नगरिदिएपछि ठगिको आरोपमा मुद्दा परेका सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार भीआईपी कक्षबाटै भागेका हुन् । मुस्लिम आयोगको निमन्त्रणामा मा नेपाल आएको संयुक्त अरब इमिरेट्स (यूएई) संसदका उपाध्यक्ष आएको बिमानमा आलम आएका थिए ।

सो टोली संगै उनले बिमानस्थलको बिशिष्टकक्ष प्रयोग गरेका थिए । आलम बिशिष्ट कक्ष बाट  बेपत्ता भएका थिए ।

बिमानस्थल सुरक्षा प्रमुख एसपी श्याम ज्ञावलीले न्युजपोलारसंग भन्नुभयो ‘फरार  व्यक्ति छन् भन्ने सुचनाका आधारमा अध्यागमन र अपराध महाशाखासंग समन्वय गरेका थियौ । उहाँहरुले के गर्नुभयो थाहा भएन । ‘

यसै बिच कान्तिपुर दैनिकका अनुसार दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए । तर, आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्‍यो । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएका हुन् ।

अन्सारीसँगै राहदानी जाँच नगराई आलम भीआईपी कक्षमा प्रवेश गरेका थिए । विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले आलम भीआईपी कक्षबाट भागेर सम्पर्कविहीन भएको पुष्टि गरे । ‘अध्यागमन कक्षमा अन्सारीसँगै आएका रिजवान आलमको रेकर्ड हेर्दा कालोसूचीमा परेको भेटिएपछि हामी उनको खोजीमा जुट्यौं तर त्यसअगावै उनी भीआईपी कक्षबाट भागे, उनको खोजी भइरहेको छ,’ उनले भने ।

आलमको खोजी गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको छ ।