११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

काठमाडौँ महानगरको ध्यान, घरजग्गा र सम्पत्ति कर असुलतर्फ

काठमाडौँ महानगरको ध्यान, घरजग्गा र सम्पत्ति कर असुलतर्फ
फाईल फोटो
अ अ+ अ-

अवैधरूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौँ महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ ।

विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ । उनान्तीस वर्षको अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूला ठूला व्यवसायी र सार्वजनिक संस्थान बढी रहेको पनि कामपाले जानकारी गराएको छ ।

“उक्त शीर्षकको करस्वरूप कामपाले रु ५० करोड बक्यौता असुल गर्नुपर्ने छ”, कामपाको राजस्व विभाग प्रमुख डा विश्वराज अधिकारीले भन्नुभयो, “रु ७० करोड रकम असुल गर्नुपर्ने थियो, गत वर्ष रु २० करोड असुल गरियो । अब रु ५० करोड बाँकी छ यो वर्ष कुनै पनि हालतमा उक्त रकम उठाएर छोड्ने कामपाको तयारी छ ।”

गत वर्ष पनि कामपाले बक्यौता रकम असुलको सम्बन्धमा सार्वजनिक सूचना जारीसँगै बाजागाजासहित सम्बन्धित संस्थालाई पटक–पटक जानकारी गराएको थियो । उक्त सूचनाको आधारमा केही संस्था सम्पर्कमा आएर कर तिरे पनि अझै धेरै संस्था सम्पर्क गर्नसम्म नआएकाले कामपा यस पटक थप कडाइका साथ रकम असुल गर्नेतर्फ लागेको हो ।

कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको तथा केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेको कामपा राजस्व विभाग प्रमुख अधिकारीले राससलाई जानकारी दिनुभयो ।

पहिलो चरणमा पत्राचार

यसका लागि कामपाले पहिलो चरणमा पत्राचार गर्ने तयारी गरेको छ । यो काम आगामी हप्ता गर्ने तयारीअनुरूप काम भइरहेको डा अधिकारीले बताउनुभयो । पत्राचारका आधारमा सम्पर्कमा आएर पनि कर बुझाउन आनाकानी गरे दोस्रो पटक माइकिङ गरेर जानकारी दिने र त्यसको पनि बेवास्ता गरे महानगरबाट प्रवाह हुने सेवा रोक्ने र तालाबन्दी गर्ने तयारी कामपाको रहेको छ ।

फनपार्कले बुझायो मनोरञ्जन कर

भृकुटीमण्डपस्थित फनपार्कले रु १९ लाख ५७ हजार मनोरञ्जन र व्यवसाय करको रकम बुझाएको छ । पत्राचार गरेको छ घण्टा बित्न नपाउँदै करस्वरूप बुझाउनुपर्ने उक्त रकम बुझाइएको हो । मनोरञ्जन कर बुझाए पनि बहाल करबाट असुल हुनुपर्ने रकम भने असुल भएको छैन । समाज कल्याण परिषद्ले तिर्नुपर्ने उक्त रकमका लागि पनि कामपाले परिषद्लाई पत्राचार गरेको छ । उक्त शीर्षकको कर करिब रु ४० करोड रहेको कामपाको भनाइ छ ।

कर नतिर्नेमा बढी सार्वजनिक संस्थान

विगत २९ वर्षदेखिको करस्वरूपको बक्यौता नतिर्नेमा सबैभन्दा बढी सार्वजनिक संस्थान रहेका छन् । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण कर तिर्नका लागि कामपासँग सम्पर्कमा आएको भए पनि अन्य धेरै सार्वजनिक संस्थान विवरण लिएर सम्पर्कमा समेत नआएका कामपाको भनाइ छ ।

यसरी कर नतिर्ने साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, कृषि सामग्री कम्पनी, नेपाल सेयर मार्केटलगायत छन् ।

त्यसैगरी ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, त्रिवेणी कम्प्लेक्स, डेन्टल अस्पताललगायतले हालसम्म आफ्नो विवरणसमेत विभागमा नबुझाएको कामपाको भनाइ छ । समयमा नै कर तिरेन भने प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवानास्वरूप रकम वृद्धि हुँदै जान्छ तर कामपाले अघिल्लो दुई वर्षमा भने कोरोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको थियो ।

अझै पनि धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ५० करोड असुल गर्ने तयारीस्वरूप अहिले अभियानका रूपमा नै कर सङ्कलन लागिएको हो । कामपाले सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेलाई विभागले कडाइका साथ कानूनी कारबाही अगाडि बढाउने तयारी गरेको छ ।

डा अधिकारी भन्नुहुन्छ, “सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकीसरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।” कामपाले अनलाइन प्राणलीमार्फत राजस्व सङ्कलन गरिरहेको छ । हाल कामपामा अनलाइनमा एक सय ६० करदाता जोडिएका कामपाले जानकारी दिएको छ । रासस