११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

माओवादीमा गुटैगुट हुँदा नेताहरुको बोलचाल नै छैन: प्रचण्ड

माओवादीमा गुटैगुट हुँदा नेताहरुको बोलचाल नै छैन: प्रचण्ड
अ अ+ अ-

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पार्टीभित्र गुटबन्दी हुँदा स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम नआएको बताउनुभएको छ ।

सुर्खेतमा शुक्रबार आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीमा विचार समूह र नेतृत्वमा कसैको विमति नरहे पनि थुप्रै गुट भएको बताउनुभयो । उहाँले गुटबन्दी कार्यकर्तास्तरमा नभई नेताहरुमा देखिएको र त्यो नेताहरुको बोलीले नै स्पष्ट हुने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीभित्रको गुटबन्दीका कारण स्थानीय तहको निर्वाचनमा आन्तरिक व्यवस्थापन गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा १७५ पालिका जित्ने आकलन गरिएको भए पनि आन्तरिक व्यवस्थापन गर्न नसक्दा १२२ पालिकामा पार्टी खुम्चिएको उल्लेख गर्नुभयो ।

उहाँले पार्टीका नेताहरुमा बोलीमा प्रचण्डलाई आफ्नो नेता मान्ने तर व्यवहारमा चाहिँ प्रचण्डभन्दा ठूलो नेता त मै हुँ नि भने जस्तो गर्ने देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेताहरुबीच बोलचाल छैन, गुटबन्दीका कारण कार्यकर्ता पनि विभाजित भएका छन् ।” उहाँका अनुसार आफ्नो गुटमा नलागेको व्यक्तिलाई हराउनु बहादुरी ठान्ने गुटबन्दी, स्वार्थ समूह र व्यक्तिवादलाई रोक्न चुनौती छ ।

यस्तो गुटबन्दीबाट बेलाबेला आफू हैरान हुने गरेको उहाँको भनाइ थियो ।