३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीमा गुटैगुट हुँदा नेताहरुको बोलचाल नै छैन: प्रचण्ड



अ+ अ-

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पार्टीभित्र गुटबन्दी हुँदा स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम नआएको बताउनुभएको छ ।

सुर्खेतमा शुक्रबार आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीमा विचार समूह र नेतृत्वमा कसैको विमति नरहे पनि थुप्रै गुट भएको बताउनुभयो । उहाँले गुटबन्दी कार्यकर्तास्तरमा नभई नेताहरुमा देखिएको र त्यो नेताहरुको बोलीले नै स्पष्ट हुने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीभित्रको गुटबन्दीका कारण स्थानीय तहको निर्वाचनमा आन्तरिक व्यवस्थापन गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा १७५ पालिका जित्ने आकलन गरिएको भए पनि आन्तरिक व्यवस्थापन गर्न नसक्दा १२२ पालिकामा पार्टी खुम्चिएको उल्लेख गर्नुभयो ।

उहाँले पार्टीका नेताहरुमा बोलीमा प्रचण्डलाई आफ्नो नेता मान्ने तर व्यवहारमा चाहिँ प्रचण्डभन्दा ठूलो नेता त मै हुँ नि भने जस्तो गर्ने देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेताहरुबीच बोलचाल छैन, गुटबन्दीका कारण कार्यकर्ता पनि विभाजित भएका छन् ।” उहाँका अनुसार आफ्नो गुटमा नलागेको व्यक्तिलाई हराउनु बहादुरी ठान्ने गुटबन्दी, स्वार्थ समूह र व्यक्तिवादलाई रोक्न चुनौती छ ।

यस्तो गुटबन्दीबाट बेलाबेला आफू हैरान हुने गरेको उहाँको भनाइ थियो ।