काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । चन्द्रागिरी रिसोर्टमा दुई दिनदेखि जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै नेपालले आफूहरुले त्यो षड्यन्त्र लाई आफहरुले असफल बनाउने दाबी गर्नुभयो ।
नेता नेपालले एमालेबाट निष्कासन गरिएपछि आफूहरूसँग नयाँ पार्टी गठनको विकल्प नरहेको उल्लेख गर्दे अब कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध बनाउने अभियान सुरु गर्ने बताउनु भयो ।
पार्टीको बैठक पछि संञ्चारकर्मीहरु संग कुरा गर्दे नेता नेपालले आफूसहित १४ सांसदमाथि कारबाही गर्ने देखि एमालेमा फर्कन ढोका बन्द गरिदिएका कारण नयाँ पार्टी खोल्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो ओलीसामु घुँडा टेकेर बस्नुपर्थ्यो,घुँडा टेकेर बस्न नसक्ने भएपछि नयाँ पार्टी खोल्नुपरेको हो ।’ नेता नेपाले आफ्नै चाहना र सुझाव अनुसार अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बनेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो शाक्यलाई अप्ठारो छ त्यो कुरा म बुझ्छु २१ दिन भित्र दल छनौट गर्ने समय छ त्यसपछि के हुन्छ पछि नै थाहा हुन्छ ।











