११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नेपाल ल क्याम्पसमा तालाबन्दी, एलएलबीका विद्यार्थीले नयाँ भर्नाको फारम बुझाउन पाएनन् (भिडियो रिपोर्टसहित)

नेपाल ल क्याम्पसमा तालाबन्दी, एलएलबीका विद्यार्थीले नयाँ भर्नाको फारम बुझाउन पाएनन् (भिडियो रिपोर्टसहित)
अ अ+ अ-

काठमाडौं । नेपाल ल क्याम्पसका कानुन संकायका एल.एल. एम्. तहका विधार्थीहरुद्वारा क्याम्पसमा ताालाबन्दी गरिएको छ । कोरोना संक्रमण बढ्दो रुपमा रहेपनि क्याम्पस प्रशसनले विधार्थीहरुमाथीको स्वास्थ्यमाथी खेलबाड गर्दै परिक्षा लिन लागेको भन्दै क्याम्पसमा तालाबन्दी गरिएको हो ।

त्रिभुवन विश्वविधालय, कानुन संकायले भदौ (९ गते) भोली देखि दोस्रो सेमेष्टरको अन्तिम परिक्षा लिने भन्दै सुचना प्रकाशन गरेको छ । यता कानुन संकाय एलएल. बी. मा पनि नयाँ भर्ना गर्ने अन्तिम मिति आज रहेकोले विधार्थीहरुको चाप क्याम्पसमा निकै रहेको थियो । एल.एल. एम्. तहका विधार्थीहरुद्वारा क्याम्पसमा तालाबन्दी गरिएपछि कानुन संकाय एलएल. बी. मा नयाँ भर्ना गर्न आउने विधार्थीहरुले पनि भरिसकेको फारम समेत बुझाउन नपाएको गुनासो गरेका छन् ।

उता एल.एल. एम्. तहका विधार्थीहरुले भौतिक रुपमै लिने परिक्षाको खारेजीसंगै परिक्षालाई हालका लागि स्थगित, र वैकल्पिक माध्यमद्वारा परिक्षा लिन समेत नेपाल ल क्याम्पस प्रशासनलाई अनुरोध गरेको छ ।

नेपाल ल क्याम्पस प्रशासनमा तालाबान्दी गर्नेहरुमा विहानी समुहका एल.एल. एम्. दोस्रो सेमेष्टर २०७६ ब्याच, दिवा समुह एल.एल. एम्. दोस्रो सेमेष्टर र नेशनल ल कलेज एल.एल. एम्. दोस्रो सेमेष्टरका विधाथीहरु रहेका छन् ।