११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । आसन्न निर्वाचनमा सिट बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच बिहीबार बिहान ११ बजे छलफल सुरु भएको हो ।

छलफल आगामी निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने र तालमेल गर्ने भन्ने विषयमा केन्द्रित रहेको छ । सत्ता गठबन्धनमा संलग्न पाँचवटै दलका नेताहरु सम्मिलित कार्यदलले मुलुकभरका निर्वाचन क्षेत्र र निर्वाचनको हिसाब अध्ययन गरी शीर्ष नेताहरुमाझा आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।

शीर्ष नेताहरुले अब २०७४ सालको निर्वाचन र २०७९ को स्थानीय तहको निर्वाचनको परिणामका आधारमा सिट बाँडफाँट गर्ने तयारी रहेको बताइएको छ । बुधबार साँझ पनि बालुवाटारमा कार्यदलका सदस्यहरुको बैठक बसेको भए पनि निष्कर्ष निस्कन सकेको थिएन ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहित ती दलका शीर्ष नेताहरू र सिट बाँटफाँट कार्यदलका सदस्यहरूसमेत सहभागी छन् ।