११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेनः ओली

गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेनः ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूभाग हो भन्न नसकेर समस्या हो भन्दै जनतालाई अलमल्याउन खोजेको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी प्रवेश कायक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुग्नुभएका ओलीले आफू नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्शासमेत सार्वजनिक गरेको अवस्थामा सरकारले दुई देशको समस्या भन्दै जनतालाई झुक्याइरहेको बताउनुभयो । वर्तमान गठबन्धन सरकारले चुच्चे नक्शालाई आफ्नो देशको नक्सा भन्न नसकेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा गठबन्धन सरकरले आफ्नो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दाे भएको समेत बताउनु भयो ।

सो अवसरमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश समेत गराउनु भयो । पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलविर चौधरी, समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रमबहादुर साही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोककुमार चन्द लगायत अन्य नेता कार्यकर्ता समेत नेकपा एमालेमा सामाहित भएका छन् ।