९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार अफगानिस्तानबाट थप ११२ नेपाली स्वदेश फर्किए



अ+ अ-

काठमाडौं । मंगलबार अफगानिस्तानबाट थप ११२ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिकको उद्धार गरिएको हो । 

योसँगै हालसम्म अफगानिस्तानबाट ७७० जना नेपाली नागरिकको उद्धार भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धार गरिएका नेपाली नागरिकलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड(१९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।