२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी एमसीसीको पक्षमा मत हाल्छौं, प्रधानमन्त्रीले यो गठबन्धन कायम राखेर काम छैन – केशब झा



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता केशब झाले आफ्नो पार्टी एमसीसीको पक्षमा सुरुदेखि नै रहेकोले एमसीसीको पक्षमा नै मत हाल्ने स्पष्ट पारेका छन् । 

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘एमसीसीको बारेमा हामीले आफ्नो धारणा पहिलेदेखि नै सार्वजनिक गरेका छौं । एमसीसीकै पक्षमा मतदात गर्ने भनेर धारणा व्यक्त गरेका छौं । यसमा ईफ र बटको कुरा छैन् । पछिल्लो समय एमसीसीलाई धेरै गिजोल्ने काम भएको छ। देशलाई माया गर्ने व्यक्तिहरु छन्, सबैले आफ्नो धारणा प्रष्ट रुपमा राखेका छन् । अमेरिकाको सेना आउँछ भनेर गलत हल्ला फैलाईएको छ । हावादारी गफ गर्नुहुँदैन । गलत हल्ला फैलाउनुहुँदैन् । राष्ट्रघाती काम त मुलुकलाई आत्मनिर्भर हुन नदिने अनि मिलीजुली खानेहरुले गरेका छन् ।’

झाले यो एमसीसी राष्ट्रको हितमा रहेको सुनाए । उनले भने,‘यो विकास परियोजना हो । पूर्वाधार क्षेत्रमा विकास हुन्छ। कानून बनेपछि निर्धारित समयमै काम हुन्छ। हामीले एमसीसीको पक्षमा मत हाल्ने भनेका छौं । अहिले गठबन्धनको प्रष्ट बहुमत छ । अहिले गठबन्धनमा गलत प्रवृत्ति पनि देखियो । एमसीसीलाई लिएर सरकारमा हुँदा, हाउसमा एकखालको कुरा गर्ने, अनि सडकमा अर्कै कुरा गर्ने । यदि प्रधानमन्त्रीलाई सहयोग चाहिएको छ भने गठबन्धन तत्काल विसर्जन गर्नुपर्छ । यो गठबन्धन कायम राखेर काम छैन् । नयाँ परिस्थिति निर्माण गर्नुहोस ।’