११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने

एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्ने रघुवीर महासेठको दाबी

एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्ने रघुवीर महासेठको दाबी
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन् । उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी गरेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरुको संज्ञा दिए । उनले एमालेले आफ्नो सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गरेको सुनाए । उनले भने,“देशमा चुनावी वातावरण बनको छ । सबै पार्टीहरु निर्वाचनको तयारीमा जुटेका छन् । वडा कमिटीदेखि लिएर केन्द्रीय कमिटीसम्म, जे–जे निर्णय गर्नुपर्ने हो, त्यहीअनुसार दलले निर्वाचन प्रक्रिया अघि बढाएका छन् ।

एमालेले यसपटकको चुनावलाई गम्भीर रुपमा लिएको छ । जुन प्रकारको वातावरण गठबन्धन सरकारले सिर्जना गरिरहेको छ, त्यो देश र जनताको अनुकुल छैन् । एमाले राष्ट्रवादी पार्टी भएको हुनाले, जनताको आकांक्षालाई कसरी पूरा गर्ने, राष्ट्रियता कसरी बचाउने, बचाउनको लागि आउने चुनावमा सरकार बनाउन जरुरी देखिएकोले हामीले यसपटकको बैठकले एमालेले एक्लै चुनावको तयारी गर्नेगरि अघि बढेका छौं । केन्द्रीय निकायदेखि टोल कमिटीसम्मलाई आवश्यक निर्देशन दिईसकेको छ । यद्धपी हामीले स्थानीय तहमा भने कुनै–कुनै ठाउँमा, स्थानीय नेताले तालमेल गर्न ईच्छा जाहेर गरे, पार्टीले त्यसमा बाधा अड्चन गर्दैन् ।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिलेको सत्ता गठबन्धन देश र जनताअनुकुल नभएको आरोप लगाएका छन् । उनले भने,“गठबन्धनमा आवद्ध दललाई आफ्नो दलको मात्रै चिन्ता छ । कुर्सी र सरकार प्यारो भएको छ ? कि जनता प्यारो छ त ? यसो हेर्दा, एकातिर एमाले छ भने अर्कोतिर गठबन्धन, उहाँहरु पाँच दलमात्रै होईन ७ दल एकै ठाउँमा आउने सोच्दै हुनुहुन्छ । तर, यो गठबन्धन लोभी पापीहरु र राष्ट्रघातीहरुको गठबन्धन हो ।

यदि यो राष्ट्रघातीको गबठन्धन होइन भने, राष्ट्रको स्वाभिमानलाई तजोबध गर्नेगरि विदेशी भूमिमा नेपालका भिआईपीहरु, विदेशी प्रतिनिधिलाई राखेर जुन सम्झौता गरेर नेपाल फर्किनुभएको छ । फर्कनेबित्तिकै जुन प्रकारले, जलस्रोततर्फ पश्चिम सेती र सेती ६ परियोजना भारतीयलाई बुझाउने काम गरेको छ । यसले एमालेलाई मात्रै होईन, सबै नेपालीलाई दुःखी तुल्याएको छ ।”

उनले वर्तमान गठबन्धनको सरकारले देशको सारा जलस्रोत चुनावभन्दा अघि नै यसरी नै सिध्याउने त होईन ? भन्दै प्रश्न उठाए । उनले महागठबन्धनका शीर्ष नेताहरुलाई राष्ट्रप्रति चिन्ता नभएको जिकिर गरे । उनले भने,“हिजो नेकपाभित्र हुँदाखेरि, त्यो बेलामा उठाईएका ईस्युहरु आज प्रचडहरुले किन छोड्नुभयो । आज नागकिरताको कुरा आएको छ, अहिले गठबन्धनले एमालेले ल्याउँदा ठीक र हामीले ल्याउँदा कसरी बेठिक भन्नुभएभको छ । अहिले आएको विद्येयक र एमालेले ल्याएको अध्यादेश फरक थियो । यो र हामीले ल्याएको विद्येयक एउटै थिएन । यो गठबन्धनलाई त विदेशमा समझदारी गरेर फर्किनेबित्तिकै नेपालमा जन्मिएका छोरी, चेलीलाई नागकिरता दिन हतार छैन् । तर, भविष्यमा आउने बुहारीलाई नागरिकता दिन हतार छ । त्यो हतार, किन गर्नुपरेको थियो ?”

उनले अहिलेपनि नागरिकता विद्येयकका सम्बन्धमा छलफल गर्न सकिने धारणा राखे । उनले भने,“अहिलेपनि केही बिग्रिएको छैन् । एउटा राष्ट्रिय सहमति बनाएर गएको भए हुन्थ्यो । उहाँहरुले संसद्को सम्बन्धित समितिमा छलफल नगरी पेश गर्नुभयो, नियतमा शंका देखेका थियौं। नागरिकता विद्यैयकलाई उहाँहरुले यो चुनावमा भोटको लागि प्रयोग गरिरहनुभएको छ । एमालेको विरुद्धमा, प्रयोग गर्नुभएको छ । गठबन्धनलाई भोट देउ, एमालेलाई हराउ योजनाअन्तर्गत यो विद्यैयक ल्याउनुभएको छ । सम्मानीय राष्टपतिले जुन फर्काएनुभएको छ, यसमा म टिकाटिप्णी गर्न चाहन्नाँ । तर, जुन प्रकारले उहाँहरुले विदेशीको ईशाारमा जे गरिहनुभएको छ, हामीले राष्ट्रिय हितमा छ भनेर देखेका छैनौं । फिजी र सिक्कमीका घट्ना हामीेले हेरेका छौं । माधव र प्रचण्ड त कम्युनिष्ट आन्दोलनका अगुवा नेता हुनुहुन्थ्यो, उहाँहरुलई के बाध्यता आयो, आँखा चिम्लिएर यसबारेमा समर्थन गर्नुभयो ? चनावमा एमालेको विरुद्धमा नगारिकता विद्येयक जुन प्रयोग गर्न खोजिरहनुभएको छ, यो गलत हो ।”

उनले विद्येयकमा छलफल हुँदै गरोस तर मंसिर ४ गते भन्दा पहिला जन्मसिद्धका छोराछोरीलाई पहिला नागकिरता दिनुपर्नेमा जोड दिए । उनले भने,“हामी क्याविनेटमा डिसिजन गरौं । कुन प्रक्रियाबाट हुन्छ, हामी २०७९ मंसिर ४ गतेभन्दा पहिले, जन्मसिद्धका छोराछोरीलाई नागरिकता प्रदान गरौं । यसमा एमाले मधेश प्रदेश गम्भीर भएको छ । हामी सरकारलाई ज्ञापनपत्र पनि दिन जाँदैछौं । पहलिो चरणमा, विद्येयकमाथि छलफल गर्दै गर्नुहोला, अहिले हाम्रो देशमा जन्मिएका सन्तानलाई नागरिकता दिनुपर्छ ।”

उनले आगामी एक महिनाभित्र जन्मसिद्धका छोराछोरीलाई नागरिकता नदिए एमाले मधेश प्रदेशले कडा कदम चाल्ने चेतावनी दिए । उनले भने,“आगामी कार्तिकभित्र जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिनुपर्यो । यदि दिएन भने एमाले मधेश प्रदेशले कडा कदम चाल्छ ।”

उनले गठबन्धनका नेताहरु प्रचण्ड र माधव नेपालहरुले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोजेको पनि गम्भीर आरोप लगाए । उनले अहिलेपनि एमाले देशको पहिलो दल भएको र अबपनि पहिलो दल बन्ने दाबी गरे । उनले विगतमा एमालेलाई विगतमा मधेशमा बद्नाम गराईएको भएपनि अहिले मधेशी जनताले सबै कुरा बुझिसकेको स्पष्ट पारे ।

उनले भने,“अहिले मधेशमा पाँचौ स्थानबाट हामी दोस्रो स्थानमा पुगेका छौं । संघ र प्रदेशमा हामी पहिलो दल बन्छौं । यसपालि हामी ईतिहास रच्न गैरहेका छौं, नेकपा एमाले सिंगल लड्छ, एमाले भर्सेस ७ दल हुँदापनि हामी डराएका छैनौं । एमाले कमजोर भएको भए, ७ दल एक ठाउँमा किन आउनुपर्दथ्यो त ? विदेशी शक्तिले पनि के बुझेको छ भने अब एमालेलाई हराउन गाह«ो छ, त्यसैले तिमीहरु मिलेर आउ भनेर गठबन्धनलाई भनेको छ, उहाँहरुभित्र गठबन्धन बन्छ । किन बन्छ भने ? आफ्नो स्वेच्छाले निर्णय गर्न पाएको भए, त्यो गठबन्धनको अर्को कुरा हुन्थ्यो, तर विदेशी शक्तिले डण्डा दिएर भएपनि एमालेको विरुद्धमा लोभी पापीहरुलई एक ठाउँमा ल्याउँछ । विदेशी शक्तिलाई नेपालमा केही गर्नुछ ।”

उनले माधव नेपालको बारेमा सोच्दा आफूलाई दुःख लाग्ने गरेको सुनाए । उनले अहिले माधव नेपालका नेता÷कार्यकर्ता र भएका सांसद पनि छोडेर एमालेमा आउन लागेको दाबी गरे । उनले प्रचण्ड र माधव नेपालले कांग्रसलाई छोड्नै नसक्ने जिकिर गरे । उनले भने,“किनकी उहाँहरुको टाउकोमा विदेशीको डण्डा छ । देश संकटमा छ । राष्ट्रवादी शक्ति एमालेको विरुद्ध, जुन प्रकारले लोभी÷पापीहरुको गठबन्धन भएको छ। हामीलाई नेपाली जनतामाथि पूर्ण विश्वास छ । केही प्रतिशत मत थपियो भने, बहमुत सरकार बनाउँछौं । यो गठबन्धन सरकार कुनै कारणले बन्न सक्यो भने देशको राष्ट्रियता, स्वाभिमान र आत्मसम्मानमाथि खतरा छ ।” राष्टियता र विकासको दृष्टिकोणले यो देशको राष्ट्रियता बचाउने दल एमालेबाहेक कुनै दल नभएको पनि उनको जिकिर थियो ।