काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटाले पदको दुरुपयोग गर्दे एमाले फुटाउने कार्यमा संग्लन भएको आरोप लगाउनु भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भन्नुभयो "सभामुखको पद र आसनबाट एमाले फुटाउने काम भयो यो खेदजनक छ । सभामुखले पदिय मर्यादा कायम राख्न सक्नु भएन । उहाँले सभामुखलाई भन्नुभयो रोकेर राख्ने काम नगर्नुस तत्कार सुचना टास गर्नुस । "
माओबादी केन्द्रका सांसदहरुको बारेमा तत्काल निर्णय गर्ने सभामुखले एमालेले सुचना दिएको नौ दिन हुदा सम्म पनि सुचना टाँस नगरेको भन्दै ओलीले भन्नुभयो "सबिधानले यसबारेमा सभामुखलाई कुनै अधिकार नै दिएको छैन , निर्बाचन आयोगलाई पनि गोलमटोल जबाफ दिनुभयो तर एमालेको निर्णय कार्यन्वयन नगरेर लोकतन्त्रको हुर्मत लिने काम गर्नुभयो ।"
पत्रकार सम्मेलनमा ओलीले एमाले छाडेर गएकाहरुलाई फर्कन आब्हान गर्ने कसै प्रति आग्रह पूर्वाग्रह नराखिने बताउनु भयो । उहाँले भन्नुभयो "पार्टी फुटाउन तीन दिन देखी रिसोर्टमा मान्छे थुनेर राखेको छ , होक्सेका हालेर निर्बाचन आयोगमा घोप्टाएको छ , यस्तो क्रियाकलाप पनि जायज हुन्छ ? "











