२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 1.03

Humidity: 56

तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको बैठक नौ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बैठक नौ मिनेटका लागि स्थगित गरिएको छ ।

आइतबार बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउनुभएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक नौ मिनेटका लागि स्थगित भएको जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभयो ।

राष्ट्रियसभाको अबको बैठकमा फिर्ता भएको नागरिकता विधेयकबारे छलफल हुन सक्नेछ ।