२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकको कडा कदमः घरजग्गादेखि सेयरसम्मको कर्जा प्रवाहमा कडाइ



अ+ अ-

काठमाडौँ — नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट, व्यक्तिगत सवारी साधन खरिद, रियल इस्टेट, सेयर धितोलगायत क्षेत्रको कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ती क्षेत्रको कर्जा प्रवाहमा कडाइ गर्ने घोषणा गरेको थियो । बैंकले उक्त व्यवस्था कार्यान्वयनका लागि बुधबार एकीकृत निर्देशन संशोधन गरेर ती क्षेत्रको जोखिम भार बढाएको छ ।

जोखिम भार बढेपछि तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंकले अतिरिक्त पुँजी (पुँजी कोष अनुपात) को व्यवस्था गर्नुपर्ने भएकाले उनीहरूको कर्जा प्रवाह क्षमता घट्छ । अतिरिक्त पुँजी व्यवस्था गर्नुपर्दा बैंकको लागत बढ्छ । लागत बढेपछि बैंकहरूले कर्जाको ब्याज तय गर्दा प्रियिमय बढाउँछन् । यसरी तुलनात्मक रूपमा त्यो क्षेत्रको कर्जा महँगो हुन जान्छ । यसकारण जोखिम भारमार्फत कम उत्पादनमूलक मानिएका क्षेत्रमा जाने कर्जामा राष्ट्र बैंकले कडाइ गर्ने नीति लिएको हो । तोकिएका क्षेत्रमा राष्ट्र बैंकले दोब्बरसम्म जोखिम भार बढाएको छ ।

‘निर्देशनमार्फत राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको जोखिमभार १५० प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो भार ७५ प्रतिशत थियो ।

यस्तै, व्यक्तिगत हायरपर्चेज कर्जाको भार पनि १५० प्रतिशत पुर्‍याइएको छ, यसअघि यस्तो भार व्यक्तिका लागि ७५ प्रतिशत र संस्था कम्पनीका लागि १०० प्रतिशत थियो ।

सेयर कर्जामा पनि जोखिम भार बढाएर १५० प्रतिशत र ट्रस्ट रिसिप्ट कर्जाको भार १२० प्रतिशत पुर्‍याइएको छ । यसअघि यी दुवै कर्जामा १०० प्रतिशत जोखिम भार थियो । सेयर कर्जाको भार गत वर्ष मात्र १५० बाट घटाएर १०० प्रतिशत बनाइएको थियो ।

उल्लिखित क्षेत्रमा जोखिम भार बढाएको राष्ट्र बैंक प्राथमिकताका क्षेत्रमा प्रवाह हुने कर्जामा भने केही लचिलो बनेको छ । निर्देशनअनुसार वाणिज्य बैंकहरूले २०८० साल सम्ममा कृषि क्षेत्रमा कुल कर्जाको न्यूनतम १५ प्रतिशत प्रवाह गर्नुपर्ने अनिवार्य व्यवस्था थियो । यस्तै, २०८१ सम्म ऊर्जामा कुल कर्जाको १० प्रतिशत र विपन्न वर्गमा (एक करोडभन्दा कम रकमको) १५ प्रतिशत कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो ।

अब बैंकहरूले उल्लिखित सबै क्षेत्रको कर्जा पुर्‍याउन २०८२ सम्मको समय पाएका छन् । यो व्यवस्थाले बैंकहरूलाई केही राहत पुग्ने देखिन्छ । यसरी उत्पादनमूलक क्षेत्रमा लचिलो र अनुत्पादक क्षेत्रमा कडाइ गरेर राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा धेरै कर्जा केन्द्रित गर्न चाहेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर किनबेचमा राष्ट्र बैंकले कडाइ गरेको छ । अब कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर धारण गर्ने वा गरेका सेयरधनीले सो संस्थाबाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक सेयर खरिद बिक्री गर्नुपूर्व अनिवार्य रूपमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भएको छ ।

यस्तै, बैंकले पूर्वाधार विकास बैंकलाई पनि ऊर्जा ऋणपत्र जारी गर्न सक्ने नीतिगत व्यवस्था गरेको छ । ऋणपत्र जारी गरी संकलन गरिएको रकमबाट लगानी गरिएको ऊर्जा परियोजनाको विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने निर्देशन पनि राष्ट्र बैंकले जारी गरेको छ ।