११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छ: प्रधानमन्त्री देउवा

लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छ: प्रधानमन्त्री देउवा
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि पत्रकारिताका माध्यमबाट होमनाथ दाहाल र राजनीतिक परिवर्तनका लागि जनजागरणका माध्यमबाट कमल चित्रकारले गरेको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

“राष्ट्रपुकार साप्ताहिकले पञ्चायतकालमा लोकतान्त्रिक गतिविधि, लोकतन्त्रवादीमाथि भएको अन्याय बाहिर ल्याएर प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग गरेको थियो, त्यो पत्रिकाको प्रकाशन र सम्पादनको काम दाहालले गर्नुभएको थियो, उहाँले त्यसबेला नडराइकन चलाएको कलमले प्रजातन्त्र पुनःस्थापनाका लागि भूमिका खेलेको छ, काठमाडौँ नगरपालिकाका तत्कालीन प्रमुख चित्रकारले हामीजस्ता युवालाई राजनीतिक संस्कार सिकाउनुभएको थियो, समाजमा लोकतान्त्रिक मूल्यमान्यताका बारेमा जागरण फैल्याउनुभएको थियो”, नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकासमा योगदान गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । जनता लोकतन्त्र रक्षाका लागि जुट्ने प्रधानमन्त्री देउवाको विश्वास छ ।

सम्मानित व्यक्तित्व दाहालले नेपालको लोकतन्त्र तलाउ र कुवाको बीचमा रहेको चर्चा गर्नुहुँदै आगामी निर्वाचनबाट लोकतन्त्रको उद्धारका लागि देउवा नेतृत्वको सरकारले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । समाज लोकतान्त्रिक मूल्यमान्यताकै रक्षाका लागि खडा भएकाले यसको दायित्व वर्तमान परिस्थितिमा अझ बढेको उहाँले सुनाउनुभयो ।

पूर्वमन्त्री एवं नेपाली कांगे्रसका नेता डा सुरेश मल्लले प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोज्ने प्रवृत्तिका विरुद्ध आवाज उठाउनकै निम्ति समाजको स्थापना भएको स्मरण गर्नुभयो । प्रजातन्त्रको रक्षा र सम्वद्र्धनका लागि समाजको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पत्रकारिताका माध्यमबाट दाहाल र राजनीतिका माध्यमबाट चित्रकारले प्रजातन्त्र पुनःस्थापनाका लागि गरेको योगदान भावी पुस्ताले पनि सम्झने बताउनुभयो । लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन कठिन दिनमा योगदान गर्ने दाहाल र चित्रकारजस्ता सयौँ योद्धाको अभिलेख कांग्रेसले राख्नुपर्ने उहाँको माग थियो ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले लोकतन्त्रमाथिको हस्तक्षेप रोक्न बुद्धिजीवी वर्गको संस्थाका रुपमा समाजको स्थापना भएको स्मरण गर्नुहुँदै हाल ७२ जिल्लामा यसको जिल्ला शाखा क्रियाशील रहेको जानकारी गराउनुभयो ।

विसं २०५२ मा स्थापना भएको समाजको भदौ २४ गते विराटनगरमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारीसमेत उहाँले गराउनुभयो । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले लोकतान्त्रिक मूल्यमान्यताका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले चाल्नुहुने हरेक कदममा संस्थाले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

चित्रकार नेपाल तरुण दलका संस्थापक महासचिवका साथै विसं २०१४ को भद्र अवज्ञा आन्दोलनदेखिका हरेक राजनीतिक परिवर्तनमा सक्रिय रहँदै आउनुभएको छ । हाल स्वास्थ्य अवस्थाका कारण उहाँ सम्मान कार्यक्रममा उपस्थित हुन सक्नुभएन । उहाँको सम्मान श्रीमती गङ्गा चित्रकारले ग्रहण गर्नुभएको थियो । प्रजातन्त्र पुनःस्थापनाका लागि पटकपटक गरी चित्रकारले छ वर्षसम्म जेल जीवन बिताउनुभएको छ ।

चित्रकारले पुर्याउनुभएको यही योगदानको कदर गर्दै ताम्रपत्र, दोसल्ला र रु २५ हजार राशिसहित उहाँलाई सम्मान गरिएको थियो । चित्रकारलाई समाजले विसं २०७८ को पुरस्कार प्रदान गरेको हो । गत वर्ष कोरोना महामारीका कारण पुरस्कार प्रदान गर्न नसकिएको जनाइएको छ ।

यसैगरी वरिष्ठ पत्रकार होमनाथ दाहाललाई विसं २०७९ को सम्मान प्रदान गरिएको हो । पत्रकारिताका माध्यमबाट लोकतान्त्रिक आन्दोलन एवं नेपाली भाषा, साहित्यको सम्वद्र्धनका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । पञ्चायतकालमा दमित आवाजलाई पत्रकारिताका माध्यमबाट बाहिर ल्याउन दाहालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा जानकारी गराइएको थियो ।

दाहाललाई पनि ताम्रपत्र, दोसल्ला र रु २५ हजार राशिसहित सम्मानित गरिएको थियो । दुवैजनाले पुर्याउनुभएको योगदानका बारेमा समाजका उपाध्यक्ष ईश्वरीराज लौडारी, महासचिव गोकर्ण अर्याल र सचिव वासुदेव भण्डारीले चर्चा गर्नुभएको थियो ।