११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘जनताका साथमा कांग्रेस’ अभियान आजदेखि सुरु

‘जनताका साथमा कांग्रेस’ अभियान आजदेखि सुरु
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गरेको छ ।

अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि बिपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महततले जानकारी दिनुभयो ।

अभियानको मुख्यरुपमा चार उद्देश्य रहेका छन् । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ ।

यसैगरी जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तक्र्रिया गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पङ्क्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य छ ।

अभियान सफल बनाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेका छन् भने सात प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकताअनुरुप प्रतिनिधि खटाएका छन् ।

अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्नभिन्नस्वरुपमा गरिएको छ । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आँकलन गरेर कहीँ जिल्लास्तरीयरुपमा, केही जिल्लाको निर्देशनअनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गरिएको छ ।

हरेक स्थानीय तह, वडा र टोलमा कार्यक्रम
गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिकास्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । तर मूलतःसम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिने पार्टी कार्यालयले जनाएको छ ।

यसैगरी विधानबमोजिम गठन गर्नुपर्ने टोल कार्यसमितिले पूर्णता नपाएको भए अभियानका क्रममा टोल समितिलाई पूर्णता दिनुपर्नेछ । कतिपय टोलका संयोजक पद यो वा त्यो कारणले रिक्त रहेको वा कुनै पदाधिकारी वा सदस्य पद रिक्त भएको भए यो अभियानको यो अवधि पूर्णता दिनुपर्ने पार्टीद्वार प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

टोल कार्यसमितिभित्र पनि फरक विभाग, जिम्मेवारी बाँडफाँट यस बीचमा टुङ्गो गर्नुपर्नेछ । टोल कार्यसमितिको बैठक नियमितरुपले निश्चित समयमा बस्ने टुङ्गो गराई त्यसको सुरुआत गर्नुपर्नेछ । बैठकको निर्णय वडामा पठाउने व्यवस्था मिलाउनुपर्नेछ । टोल केन्द्रित अभियानका लागि वडा कार्यसमितिसँगको समन्वयमा गाउँ नगर कार्यसमितिले टोल प्रतिनिधि खटाउनेछ ।

केन्द्रीय समिति क्रियाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँट गरेर आफ्नो देशभरको संरचना परिचालन गरिने पार्टी कार्यालयले जनाएको । कतिपय भ्रातृ सङ्घको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनुपूर्व ती सङ्घअन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुनेछन् ।

यसैगरी भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो सङ्गठनको प्रकृतिअनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिइने प्रवक्ता डा महतले जानकारी दिनुभयो ।

अभियानमा सङ्घीय र प्रदेश राजधानीमा रहेका जिल्ला सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समितिअन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँट गरिनेछ । पार्टीको जिल्ला समितिसँग समन्वय गरेर प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र एवं पालिका तहसम्मको सम्पर्क समिति अभियान क्रममा विस्तार गर्ने तथा राजधानी आई अध्ययन, व्यवसाय आदिमा सरिक आफ्नो जिल्लाका नागरिकबीच सम्पर्कमा पुग्ने र विवरण सङ्कलनसमेत गरिनेछ ।

अभियानमा विदेशस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकलाई मातृभूमिमा हुन लागेको चुनावमा आआफ्नो क्षेत्रमा विविध ढङ्गले सम्पर्क, सुझाव र सहयोगका लागि सक्रिय बनाउने तथा सामाजिक सञ्जालमार्फत अभियानलाई बल पु¥याउनेछन् ।

अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् र ती समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयनपश्चात्को प्रभावसमेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन् । भदौ २४ गते बिपी जयन्तीका दिन अभियानको पहिलो चरणको समापन कार्यक्रम जिल्लाले निर्धारित गरेबमोजिम केन्द्रिकृतरुपमा अथवा विभिन्न तहमा विकेन्द्रित ढङ्गले विभिन्न कार्यक्रमका साथ हुने पार्टी कार्यालयले जनाएको छ ।