२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पत्रकार सम्मेलन गर्दै माधव नेपालको पार्टी



अ+ अ-

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले विहीबार पत्रकार सम्मेलन गर्ने भएको छ । 

सो पार्टीले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्न लागेको हो ।

निर्वाचन आयोगबाट समाजवादी पार्टीले बुधबार अबेरमात्र दल दर्ताको प्रमाण पत्र पाएको थियो ।

पार्टी नेता माधवकुमार नेपालले सामाजिक सञ्जालमार्फत पत्रकार सम्मेलन दिउँसो २ बजे क्वालिटी ब्यान्क्वेटमा गर्न लागिएको जानकारी दिएका हुन् ।