२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

पुल निर्माणमा ढिलाइ हुँदा सास्ती

पुल निर्माणमा ढिलाइ हुँदा सास्ती
अ अ+ अ-

चितवन । हुलाकी सडकअन्तर्र्गत माडीमा निर्माणाधीन १० वटा पुलको निर्माणमा ढिलाइ भएको छ । 

विभिन्न समयमा ठेक्का सम्झौता भई काम थालिएकोमा म्याद सकिन लाग्दासमेत कामले गति लिन सकेको छैन । पुल निर्माण नहुँदा यस सडकमा यात्रा गर्ने माडी र ठोरीवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । 

माडी नगरपालिकामा खहरे खोला नागदबेली भएर घुमेका छन् । वर्षात्सँगै ती खोला उर्लीएपछि यातायातका साधन सञ्चालन हुन नसक्ने अवस्था देखिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका अनुसार माडी क्षेत्रमा निर्माणाधीन ११ वटा पुलमध्ये एउटाको मात्रै निर्माण सम्पन्न भएको छ भने अधिकांशको निर्माण काम १५ देखि ७० प्रतिशतसम्म मात्र सम्पन्न भएको छ ।

कार्यालयका इञ्जिनीयर सञ्जय ठाकुरका अनुसार विसं २०७४ मा सम्झौता भएर पुल निर्माणको ठेक्का पाएका व्यवसायीले विभिन्न समयमा म्याद थप गर्दासमेत निर्माण सम्पन्न गर्न नसकेको हो । विसं  २०७४ चैत २८ गते सम्झौता भएको रिखोलाको पुल हालसम्म पनि सम्पन्न हुनसकेको छैन । विसं २०७७ असोज २७ गते सम्पन्न गर्नुपर्ने गरिएको सम्झौता पटकपटक म्याद थप हुँदासमेत काम हुनसकेको छैन । पछिल्लो पटक विसं २०७८ माघ २३ गतेसम्मका लागि म्याद थप भएको छ ।

 रु १३ करोड ४२ लाख ६२ हजार ५३४ मा निर्माण सम्झौता भएको २५४ दशमलब ७५ मिटर लामो उक्त पुलको काम अहिलेसम्म २७ प्रतिशत मात्र सम्पन्न भएको इञ्जिनीयर ठाकुरले जानकारी दिनुभयो । यो पुल निर्माणका लागि लुम्बिनी प्रकृति जेभि काठमाडौँले ठेक्का सम्झौता गरेको छ । 

यो खोला माडी नगरपालिका(९ स्थित चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पुल निर्माणका लागि निकुञ्जले अवरोध गर्दै आएको उहाँको दाबी छ ।  बगाइ खोला पुलको निर्माण पनि ४५ प्रतिशत मात्र सम्पन्न भएको छ । सपना लोहनी जेभि काठमाडौँले विसं २०७४ असार २८ गते रु ८ करोड २४ लाख ९९ हजारमा ठेक्का सम्झौता गरेको भए पनि काम सम्पन्न हुनसकेको छैन ।

 पछिल्लो पटक थप गरिएको म्यादसमेत सकिएको छ । विसं २०७८ साउन २५ गते दोस्रो पटक थप गरिएको समय पनि सकिएको र पुनः म्याद थपका लागि पत्राचार गरिएको छ । यो पुल १११ दशमलब १५ मिटर लामो रहेको छ । त्यस्तै घाघर खोलाको पुल १२७ दशमलब १ मिटर लामो रहेको छ । यो पुल निर्माण काम पनि ३० प्रतिशत मात्र सम्पन्न भएको छ । सपना लोहनी जेभि काठमाडौँले विसं २०७४ असार २८ गते रु आठ करोड ४२ लाख ६३ हजार ४०५ मा ठेक्का सम्झौता गरेको थियो । 

विसं २०७६ पुस ७ गते सम्पन्न गर्ने गरी सो ठेक्का लिएको र सो समयमा काम सम्पन्न नभएपछि २०७८ साउन २५ गते सम्मका लागि म्याद थप गरेको थियो । सो समयमा पनि कम्पनीले पुल निर्माण सम्पन्न गर्न सकेको छैन । यस पुलको पनि म्याद थपका लागि ठेकेदार कम्पनीले पत्राचार गरेको छ ।

माडीकै पतरे खोलाको पुल निर्माणको काम पनि १५ प्रतिशत मात्र भएको छ । ४१ दशमलब २ मिटर लामो यो पुल निर्माणको ठेक्का पाएका लोहनी एण्ड ब्रदर्स प्रालिले समयमा निर्माण सम्पन्न गर्न सकेको छैन् । रु तीन करोड ४० लाख ६२ हजारमा पुल निर्माण सम्झौता भएको थियो । 

विसं २०७४ असार ११ गते सम्झौता गरिएको सो पुलको निर्माण सम्पन्न गर्नुपर्ने समयावधि विसं २०७५ फागुन १० गते सकिएको थियो । पटकपटक सम्झौता थप गर्दा पनि समयमा काम नसकिएको इञ्जिनीयर ठाकुरले जानकारी दिनुभयो । थपिएको समयले विसं २०७७ असोज ९ गते काम सम्पन्न गर्नुपर्ने भए पनि काम नसकिएपछि पुनः समय थपका लागि कम्पनीले निवेदन दिएको कार्यालयले जनाएको छ ।  

भालु खोलाको पुल १७ मिटर लामो छ । सो पुल निर्माणको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । निर्माणका लागि विसं २०७६ असोज ५ गते रु तीन करोड १६ लाख १२ हजार ३५ मा ठेक्का सम्झौता भएको थियो । यसको समयावधि विसं २०७८ असोज ४ गते सम्पन्न गर्नुपर्ने हुन्छ । सम्झौताको मिति सकिनै लाग्दा पनि ३० प्रतिशत मात्र काम भएको छ । यो पुल नार्गाजुन जेभिले ठेक्का सम्झौता गरेको थियो ।  टुनामुना खोलाको पुल निर्माणको काम ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । निर्माणका लागि पछिल्लो पटक थप गरिएको म्यादको समय सकिसक्दा पनि काम पूरा भएको छैन ।

  विसं २०७४ असार २९ गतेको सम्झौताले विसं २०७६ असार २८ गते सम्पन्न हुनुपर्ने थियो । तर अहिले सम्म सो काम सम्पन्न हुनसकेको छैन । ६४ दशमलब १५ मिटर लामो सो पुल निर्माणका लागि रु पाँच करोड ३० लाख सात हजार ५४५ मा लुम्बिनी प्राकृतिक जेभिसँग सम्झौता भएको हो । पछिल्लो पटक २०७७ साल फागुन ६ गते सम्मका लागि समय थप गरिएको भए पनि काम सम्पन्न हुननसकेपछि पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ ।

२६ दशमलब दुई मिटर लामो बाँदरमुढे खोलाको पुलको निर्माणकार्य ३६ प्रतिशत मात्र सम्पन्न भएको निर्देशनालयले जनाएको छ । रु चार करोड ३५ लाख ८५ हजार ५५८ मा विसं २०७४ असार १८ गते ठेक्का सम्झौता भएको थियो । विसं २०७६ असार १७ गते सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म पनि प्रभावकारी रुपमा काम हुनसकेको छैन । सपना आरडी जेभिले पुल निर्माणका लागि पछिल्लो पटक थपिएको समय विसं २०७७ असार ३० गते सम्मका लागि हो । पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ ।  

रु पाँच करोड पाँच लाख ७४ हजार ६२७ को लागतमा निर्माण भइरहेको रतनी खोलाको पुलको काम हालसम्म ६५ प्रतिशत मात्र सम्पन्न भएको छ । विटी निर्माण सेवा काठमाडौँले विसं २०७६ भदौ २६ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार विसं २०७८ भदौ २५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

सपना लोहनी जेभि काठमाडौँले निर्माण गर्दै गरेको मुगई खोलाको पुलको काम ७० प्रतिशत सम्पन्न भएको छ । ९७ दशमलब १ मिटर लामो सो पुल निर्माणका लागि रु ६ करोड ५१ लाख एक हजार १९६ सम्झौता भएको थियो । विसं २०७४ असार २८ गते सम्झौता गरिएको सो पुल पछिल्लो पटक थप गरिएको म्यादले विसं २०७८साउन २५ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । काम सम्पन्न नभएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।  

लुम्बिनी प्रकृति जेभी रुपन्देहीले विसं २०७८ असोज ५ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७६ असोज ६ गते सम्झौता गरेको चिताई खोलाको पुल निर्माणको काम ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । २७ दशमलब २ मिटर लामो सो पुल निर्माणका लागि रु पाँच करोड १९ लाख ७६ हजार १९० मा सम्झैता भएको थियो । सम्झौता अनुसारको समयअवधि सकिन लागे पनि पुलको काम हुन नसकेको हो । सँगै निर्माण थालिएको परवि खोलाको पुल भने सम्पन्न भएको छ । विसं २०७४ असार २८ गते सम्झौता गरिएको सो पुल गएको साउन १५ गते सम्पन्न भएको हो । ९७ दशमलब १ मिटर लामो सो पुल रु ६ करोड ५२ लाख १२ हजारमा सम्पन्न गरिएको हो । बिटि निर्माण सेवाले पुल निर्माणको काम सम्पन्न गरेको हो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले ठूलो प्रयासपछि पुलको काम थालिएको भए पनि सोचे अनुरुप काम हुन नसकेको बताउनुभयो । निर्देशनालय र ठेकेदार कम्पनीलाई छिटो काम सक्न दबाब दिइँदै आएको उहाँको भनाइ छ । कठिनाई सल्टाउँदै काम गर्न लगाइएको ढकालले बताउनुभयो । यसै सडकअन्तर्गत निकुञ्ज क्षेत्रको बाटोलाई उच्चस्तरको बनाउने काम पनि भइरहेको उहाँको भनाइ छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेकाले ती पुल निर्माणमा विभिन्न बाधा व्यवधान आउँदासमेत सहजीकरणको काम नगरपालिकाले गर्दै आएको प्रमुख ढकालको भनाइ छ । (रासस)