२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

फोटो खिचाउन गएकी जर्मन मोडल चितुवाको आक्रमणमा गम्भीर घाइते

फोटो खिचाउन गएकी जर्मन मोडल चितुवाको आक्रमणमा गम्भीर घाइते
अ अ+ अ-

बीबीसी । जर्मनीमा पहिला प्रदर्शनीमा देखाइने गरेका वन्यजन्तुलाई अवकाशपछि राखिएको एउटा पशुशालामा चितुवाले आक्रमण गर्दा एक ३६ वर्षे मोडल गम्भीर घाइते भएकी छन्। उनी फोटो खिचाउन त्यहाँ गएको बताइएको छ।

उनको टाउकोमा गम्भीर चोट लागेको छ।nफोटो खिचाउन गएको ठाउँमा ट्रोय र पारिस नामक दुईवटा चितुवा भएको बताइएको छ।

प्रहरीका अनुसार उक्त घटना मङ्गलवार भएको थियो र ती मोडललाई अस्पताल लगियो।

आक्रमण गर्ने चितुवा भागेको सूचना मोबाइल अलर्टबाट दिइएको भए पनि पछि त्यो सत्य नभएको पुष्टि भयो।

बुर्गेनलान्डका अधिकारीहरूका अनुसार चितुवाबाट अरू मानिस जोखिममा नरहेको तथा साक्शोनी(आन्हाल्ट राज्यको नेब्रास्थित सो पशुशालामा कसरी त्यो घटना भयो भनेर अनुसन्धान भइरहेको छ।

जर्मनीबाट प्रकाशित हुने बिल्ड पत्रिकाले घाइते महिलाको नाम जेसिका लाइडोल्फ भएको जनाएको छ।

घटना हुँदा उनी त्यहाँ के प्रयोजनका लागि तस्बिर खिचाउन गएकी थिइन् र कसले व्यवस्थापन गरेको थियो भन्ने खुलेको छैन।

लाइडोल्फको वेबसाइटका अनुसार उनी आफैँले घोडा, बिरालो, परेवा र सुगा पालेकी छन्।

उक्त पशुशालाको स्वामित्व भएका व्यक्तिले प्रतिक्रिया दिन मानेनन्। तर लाइडोल्फको वेबसाइटका अनुसार त्यहाँका जनावरहरू चलचित्र र विज्ञापनमा प्रयोग भएका छन्।

ती जनावरहरू गेम अफ थ्रोन्सदेखि बीएमडब्ल्यूको विज्ञापनमा देखा परेका छन्।

ट्रोय र पारिस प्लाज्मा टीभीको विज्ञापनमा प्रयोग भएका छन्।

स्थानीय प्रशासनका अनुसार विज्ञहरूले यही महिना उक्त पशुशालाको अवस्था र सुरक्षा जाँच गरेका थिए।

उक्त घटनापछि बोल्दै पशुअधिकारको क्षेत्रमा काम गर्ने संस्था पेटाले बिराला जातका ठूला जीवलाई व्यापारिक लाभका लागि शोषण नगरिने मान्यताप्राप्त उद्धारकेन्द्रमा राखिनुपर्ने जनाएको छ।