वीरगञ्ज । वीरगञ्जको सर्वोत्तम स्टील कम्पनीको भट्टीमा भएको बिस्फोटमा परी १२ जना श्रमिक घाइते भएका छन् ।
पर्सा प्रहरीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको छ ।
घाइते भएकामध्ये भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रा पुकार यादव, बारा छातापिपरा बस्ने २२ वर्षीय टिंकु दासको अवस्था गम्भीर रहेको छ ।
घाइते हुनेमा अधिकांश भारतीय नागरिक रहेका र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
कम्पनीको फलाम पगाल्ने भट्टी पड्किई तरल पदार्थ उछिट्टिएर लाग्दा श्रमिकहरु घाइते भएको प्रहरीले जनाएको छ ।








