२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अग्निपथ’: कोरम नपुग्दा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । भारतले सैन्यभर्तीका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ’ बारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ ।

कोरम नपुग्दा बैठक स्थगित भएको हो । समितिमा २५ सदस्य रहेका छन् । कोरम पुग्न १३ जना सदस्य उपस्थित हुनुपर्नेमा ७ जना मात्र उपस्थित भएपछि बैठक स्थगित भएको हो । समितिले छलफलका लागि परराष्ट्रमन्त्री डा नारायण खड्कालाई समेत बोलाएको थियो । कोरम नै नपुगेपछि मन्त्री पनि बैठकमा आउनुभएन ।

बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । नेकपा (एकीकृत समाजवादी) को स्थापना दिवस मनाउन तथा नेकपा ९एमाले० को पोलिटब्यूरो बैठक जारी रहेकाले सदस्यहरु उपस्थित नहुँदा कोरम नपुगेको जनाइएको छ ।

भारत सरकारले ल्याएको ‘अग्निपथ’ योजनाअनुसार नेपालमा गोर्खा सैनिक भर्ती तत्काल नहुने नेपाल सरकारले बताइसकेको छ । भारतको अग्निपथ योजनाबारे स्पष्ट नभएकाले तत्काल नेपालबाट हुने भर्ती स्थगित गरेको परराष्ट्रमन्त्री डा खड्काले बुधबार नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर बताइसक्नुभएको छ ।

समितिले पनि भारतले ल्याएको अग्निपथ योजनाअनुसार नेपालबाट पनि सैन्य भर्ती हुने हो होइन भन्नेबारे छलफल गर्न बैठक बोलाएको थियो ।