११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

लोसपाको कार्यकारिणी समितिको पहिलो बैठक सम्पन्न

लोसपाको कार्यकारिणी समितिको पहिलो बैठक सम्पन्न
अ अ+ अ-

काठमाडौं । निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ । 

बिहीवार पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको छ । बैठकपछि सञ्चाकर्मीसँगको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी समिति सदस्य केशव झाले बदलिदो परिस्थिति सँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताउनुभयो । उहाँले बैठकमा आन्तरिक रुपमा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियामा बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । सदस्य झाले समसामयिक राजनीतिक परिवेश लगायतका विषयमा बैठकमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दल दर्ता पछि पहिलो पटक बसेको बैठकमा ३३ जना सदस्य नै उपस्थित हुनुभएको थियो, बैठकमा दल दर्ता हुने बित्तिकै २१ दिन भित्रमा प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउनुपर्छ, स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यहरुको लागि प्रादेशकि निर्वाचन कार्यालयमा एउटा अनुसूची अनुसार बनाउनुपर्ने हुन्छ, त्यो काम शुरु भइसक्यो, दल गठन भएको २ गते आज लगभग १० दिन त बितिसक्यो, त्यसैले २३ गतेसम्ममा  स्वघोषणा गर्ने काम छ त्यसको बारेमा छलफल भयो, सदस्यता, विधान घोषणा नियमावलीदेखि लिएर जनतामा जाने भन्ने कुराहरुमा छलफल भएको छ, सांगठनिक संरचना कसरी कसरी र कुन मोडालिटीमा बनाउने त्यो विषयमा पनि छलफल भइरहेको छ ।”

सदस्य झाले आफूहरु दलबिहीन भएको अवस्थामा पार्टी विभाजन सम्बन्धी विधेयक ल्याएर सरकारले ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले सरकारसँगको सहकार्यको विषयमा आज छलफल भए पनि कुनै निर्णय नहुने बताउनु भयो । सरकारको औपचारिक धारणा आए पछि निर्णय लिने पनि सदस्य झाले बताउनुभयो ।