२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवनको नक्सा पासको विवरण पठाउन काठमाडौँ जिल्ला अदालतलाई कामपाको पत्र



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्ला अदालतलाई अदालत भवनको नक्सा पास भएको विवरण पठाउन पत्र पठाएको छ । अदालतको भवनको नक्सा पास भएको विवरण नभेटिएको भन्दै महानगरपालिकाले प्रमाण पठाउन निर्देशन दिएको हो ।

महानगरपालिकाको भवन निर्माण विभागका अनुसार काठमाडौँ जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटिएको छैन । त्यसैले नक्सा पासको विवरण पठाउन अदालतलाई पत्र लेखिएको हो । महानगरले नक्सा पास नभएको पाई कानूनीरुपमा अगाडि बढ्ने जनाएको छ ।

यसअघि महानगर प्रमुख बालेन्द्र साहले बुधाबार नै नक्सा पास नगराई अनधिकृतरुपमा बनाइएको काठमाडौँ जिल्ला अदालतको संरचनासमेत हटाइने बताउनुभएको थियो । उहाँले अवैध संरचना जसले बनाएको भए पनि त्यसलाई कानूनको दायरामा ल्याइने बताउनुभएको थियो ।

बबरमहलमा बनाइएको काठमाडौँ जिल्ला अदालतको अन्डरग्राउन्ड पार्किङलाई अहिलेसम्म प्रयोगमा नल्याउँदा सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गर्नुपरिरहेको छ ।




भर्खरै