२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग ग्लोबल काउन्सिलको संसदीय प्रतिनिधिद्वारा शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग ग्लोबल काउन्सिल फर टोलेरेन्स एण्ड पिस संस्थाका अध्यक्ष अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

नेपाल भ्रमणमा रहेको टोलीले राष्ट्रपति भण्डारीसँग आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गरेको हो ।

भेटमा प्रतिनिधिसभाका सांसद हृदयेश त्रिपाठी, प्रतिनिधिमण्डलमा विभिन्न आठ देशका संस्थासँग आवद्ध सदस्य तथा सांसदहरूलगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।