२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ खर्बको व्यापार घाटाः आयात र निर्यात दुवै बढ्यो



अ+ अ-

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले तयार गरेको गत आवको तथ्यांकअनुसार आयात २८ दशमलव ७ प्रतिशतले र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १५ दशमलव ६ प्रतिशतले घटेको थियो भने निर्यात शून्य दशमलव ६ प्रतिशतले बढेको थियो ।

यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९ दशमलव ८ प्रतिशत र अमेरिकी डलरमा ८ दशमलव २ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकका अनुसार शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ सय ८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

त्यस्तै कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको ठम्याइ छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २१ दशमलव ४ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी २६ दशमलव ४ प्रतिशतले बढेको छ ।

२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ४६ खर्ब ६३ अर्ब र निजी क्षेत्रमाथिको दाबी ४१ खर्ब ३६ अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४ दशमलव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात शून्य दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ५१ दशमलव ७ प्रतिशत र २७ दशमलव ७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १४ दशमलव ७ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी गलैचालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु आयात २८ दशमलव ७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १५ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दशमलव १ प्रतिशत, २८ दशमलव ६ प्रतिशत र १९ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, सुनलगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारीलगायतका वस्तुको आयात घटेको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना (साउन २०७८) मा वैदेशिक व्यापार उत्साहजनक देखिएको छ । आयात र निर्यात दुवैमा उच्च वृद्धि भएको यो महिनामा निर्यातको वृद्धिदर ११५ दशमलव ८५ र आयातको वृद्धिदर ७५ दशमलव ६६ प्रतिशत पुगेको छ ।

यसैबीच भन्सार विभागले चालू आर्थिक वर्षको पहिलो महिनाको तथ्यांक प्रकाशन गरेको छ । साउनमा मात्रै व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँबराबरको भएको छ । साउनमा व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा ७० दशमलव ५९ प्रतिशतले बढेको छ । गत आवको यो महिनामा व्यापार घाटा मात्र ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ रहेको थियो । यो महिनामा कुल वैदेशिक व्यापारमा समेत उच्च वृद्धि भएको छ । साउनमा नेपालको कुल वैदेशिक व्यापारको आकार १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँ नाघेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।