२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक पार्टीमा पुराना नेताको अन्त्य कहिले होला भन्ने स्थिति देखापरेको छः अध्यक्ष तिमिल्सिना



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पष्ट नीति नहुँदा साना आयोजनाहरु पनि संघबाटै आइरहेको बताउनुभएको छ ।

मंगलवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना संघीय सरकार मातहत हुँदा संघीय सरकारमा केही बजेट बढी हुनेकुरालाई स्वभाविक रुपमा हेर्नुपर्ने बताउनु भयो ।

उहाँले राष्ट्रिय स्तर, प्रदेश स्तर र स्थानीय स्तरका आयोजनाको वर्गीकरण गरेर काम गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले जनसंख्या, भुगोल र बजेटको आधारमा योजनाहरु छुट्याउन सकिने उल्लेख गर्दै दुई प्रदेशसँग जोडिने आयोजनाहरु, जनसंख्याको सीमा तोकेर समेट्ने आयोजना र बजेटको सीमा तोकेर तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले करोड भन्दा तलका योजना प्रदेशले स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था राख्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संघमा धेरै बजेट राख्ने भन्ने कुरा आयो । संघीय सरकारमा केही बजेट बढी हुनेकुरा राष्ट्रिय गौरवको आयोजना भन्दा अर्बौं योजना, जस्तै मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तरदक्षिण करिडोर, तिनकै अर्बौं अर्ब भोलुम हुँदा त्यहीँ बजेट जान्छ । स्पष्ट नीति नहुँदा सानासाना आयोजनाहरु संघबाटै आइरहेका छन् । केही हजारका, लाखका योजना पनि किन संघमा रहने ? सबैतिर किन त्यस्तो भइरहेको छ ? भन्दा त्यहाँ पनि हामीले नीतिगत हिसावले अझै प्रष्टता आएको छैन । कोशिस भइरहेको छ । तर मलाई लाग्छ कि तपाईहरु पनि यो बारेमा छलफल गर्नुहोस् । तर काम गर्दा राष्ट्रिय स्तर, प्रदेश स्तर र स्थानीय स्तरका आयोजना भनेर वर्गीकरण हुनुपर्छ ।

जनसंख्या, भुगोल र बजेटको आधारमा छुट्याउन सकिन्छ । दुई प्रदेशसँग जोडिने आयोजनाहरु संघले, यति जनसंख्यालाई समेट्ने आयोजना र कति बजेटसम्म्मका आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भन्ने त्यो वर्गीकरण भए यो समस्या आउने थिएन की । प्रदेशको लागि पनि सीमा राखौँ । करोडका योजना प्रदेशले र लाखका योजना स्थानीय सरकारले हेर्ने भन्ने योजना बनाऔँ ।’

अध्यक्ष तिमिल्सिनाले संविधानले मन्त्रालयको सीमा नतोकेको भए मन्त्रालयको संख्या हिसाव गर्न नसकिने अवस्थामा पुग्ने बताउनु भयो । उहाँले संविधानले अधिकतम २५ वटा मन्त्रालय भनेकै कारण २५ वटा मन्त्रालयमा सिमित भएको तर संविधानले नतोकोको खण्डमा दलहरुको भागबण्डाले असिमित मन्त्रालय हुने बताउनु भयो । उहाँले २५ वटा मन्त्रालय संविधानले अधिकतम भनेको भन्दै सकेसम्म कम मन्त्रालय बनाएर कम आलोचना र टिप्पणी हुनेकुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले संघीयता आफैँ दोषी नभएको भन्दै कार्यान्वयनमा व्यवहारबाट दिने बेला आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रालय कति राख्ने ? संविधानले त एउटा तोकेक छ, नतोकेका भए के हुन्थ्यो । अहिले तोक्दा संघमा २५ नबढाउने भन्दा त्यही २५ मा ठोकिएको छ । २५ त अधिकतम सीमा हो भनेर १५ वटा बनाएर चलाउँछु भनेर सकिँदैन र ? तर कोही तयार हुँदैनौँ, २५ पाएका छौँ । त्यो माथि जान नपाएर मात्रै हो नत्र कहाँ, कति मान्छे राखेर सरकार टिकाउने, कसलाई चित्त बुझाउने भनेर हामी जान्थ्यौँ । अनि मानिसले आलोचना गर्छ, किन यति धेरै राख्नुपर्छ ? यसले राम्रा पक्षहरु ओझेलमा पर्दैजान्छ । त्यसकारण यसमा राजनीति नेतृत्व गर्ने दलहरुले हाम्रो अबको अभिष्ट के हो ? यो परिवर्तन गरेर आएका दलहरु नै अहिले संघदेखि स्थानीयसम्म छ । चलाउने तरिका बेठिक हो, संघीयता आफैँ दोषी होइन । कार्यान्वयनमा व्यवहारबाट दिने बेला आएको छ ।’

अध्यक्ष तिमिल्सिनाले दुर्गम ठाउँको विकासका लागि र निर्धाहरुको आवाज बनेर संघीयता आउनुपर्ने बताउनु भयो । उहाँले देशलाई प्रगतिपथमा कसरी अघि बढाउने, भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा अब जनतासमक्ष सैद्धान्तिक नभइ व्यवहारमा जोडिनुपर्ने बताउनु भयो । उहाँले अबको निर्वाचनमा मन्त्री र सांसदका लागि मात्रै उम्मेदवारी दिने नभइ के गर्ने हो भन्ने योजनासहित जनतामाझ जानुपर्ने र नागरिकले पनि विकास गर्नसक्ने नेतालाई जिताउनुपर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले अधिकांश पार्टीमा कहिले पुराना नेताहरुको जीवन अन्त्य हुन्छ र पार्टीले टिकट देला भन्ने मनशायले प्रार्थना गरेर बस्नुपर्ने स्थित देखापरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछि परेको ठाउँलाई अघि बढाउनका लागि र निर्धाहको आवाज बनेर संघीयता आउनुपर्छ । अब देशलाई प्रगतिपथमा कसरी अघि बढाउने भन्ने, भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा जनतासमक्ष व्यवहारमा जोडिनुपर्छ । अब आउने चुनावमा म कनि उठ्ने र केका लागि उठ्ने भन्ने सोच्नुपर्छ । मन्त्रीका लागि र सांसद बन्नकै लागि सांसद बन्नु हुँदैन ।

चुनावमा किन र केका लागि उठ्ने भन्ने अठोट गरौँ । अहिले पार्टीका नेता, कार्यकर्ताहरु कहिले पुराना नेताहरुको जीवन अन्त्य हुन्छ र टिकट पाउँला भनेर प्रार्थना टिकट पाउनका लागि गरिरहेका छन् । अब दलहरुले क्षमता योग्यता हेरेर प्रतिनिधि अघि बढाउनु पर्छ ।’ उहाँले देशलाई गरिबीबाट धनी बनाउने, अविकसितबाट विकसित बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।