५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनका लागि सहजीकरण तथा अनुगमन समिति बनाउने निर्णय भएको छ– गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनदेखि काठमाडौँको फोहोर उठ्न थालेको भन्दै अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले फाहोर व्यवस्थापनका सन्दर्भमा काठमाडौँ महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गररहेको उल्लेख गर्नुभएको छ ।

उहाँले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् र दीर्घकालीन हल खोज्न सकियोस् भन्नका लागि सोमबार सहरी विकास मन्त्रीको समन्वयमा बैठक बसेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले काठमाडौँ, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू सम्मिलित सहजीकरण तथा अनुगमन समिति बनाउने निर्णय गरेको छ।

समितिले सम्झौताबमोजिमका कामहरू समयमा गर्न तिनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्ने उहाँले जानकारी दिनुभयो ।