६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा दैनिक तीन लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताएका छन् ।

सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताए । प्रतिनिधि सभा शिक्षा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारले खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए । विकट जिल्लामा खोप लगाउनका लागि प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी मात्रा खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्याएर बाँकी खोप लगाउन थालिएको बताए । 

राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रमा हाल २० हजार जनशक्ति कम भएको उल्लेख गर्दै यसलाई पूर्ति गर्दा कोरोनाविरुद्ध लड्न सहज हुने बताए । बैठकमा अधिकांश सांसदले विद्यालय सञ्चालन गर्नका लागि छिटै खोपको व्यवस्था गर्न आग्रह गरेका थिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। आरपी बिच्छाले सङ्क्रमण बढिरहेकोले यसको नियन्त्रणका लागि लाग्नुपर्ने बताए । 

अहिले विद्यालय खोल्न हतार गर्न नहुने भन्दै उनले बालबालिकाका लागि खोप आई नसकेकोले विद्यालय खोल्न हतार गर्न नहुने उल्लेख गरे । विश्वमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मात्र कोरोनाविरुद्धको खोप दिइएको उल्लेख गर्दै उनले उक्त समूहका लागि फाइजर र मोर्डनासँग छलफल भइरहेको जानकारी गराएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।