११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

तीज: समानताका लागि समान पहिरन

तीज: समानताका लागि समान पहिरन
अ अ+ अ-

टीकापुर । हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् । जिल्लाका महिलाले यस वर्ष केही दिनअघिबाटै दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सुुरु गरिसकेका छन् ।

केही दिनअघि टीकापुर अस्पतालमा कार्यरत महिला कर्मचारीले दर खाने कार्यक्रम राखे । सो कार्यक्रममा सहभागी अस्पतालका सबै महिलाको पहिरन एउटै खालको थियो । उनीहरूले बजारमा सुपथ मूल्यमा पाइने हेर्दा पनि सामान्य देखिने साडी र सामान्य गरगहना लगाएर तीज मनाएका थिए । “हामीले समानता हामीबाटै सुरु गर्नुपर्छ भन्ने ठान्यौँ, तीजमा गरिने अनावश्यक तडकभडक रोक्न अरुलाई पनि हौसला मिलोस् भनी एउटै खालको पोशाकमा तीज मनायौँ”, अस्पतालका नर्सिङ अधिकृत कलावती तिमिल्सिनाले भन्नुभयो, ‘‘हामी अगुवा पनि हौँ, हाम्रो दायित्व सकारात्मक सन्देश दिने पनि हो । त्यसैले सस्तो सारी, गलामा तिलहरीमात्र लगाएर तीज मनायौँ । एकापसमा सबै उस्तै देखिँदा सबैलाई रमाइलो र आनन्द मिल्यो ।”

जिल्लाको लम्कीचुहाकी सन्जु भण्डारी र उहाँका साथीहरूले समेत दर खाने कार्यक्रममा एउटै खालको पहिरन लगाउनुभयो । उहाँहरूले रमाइलोसँगै एउटै खालको साडी लगाउने चलन चलेकाले आफूहरूले पनि लगाएको जानकारी दिनुभयो । “हामीले तीजमा गरिने अनावश्यक खर्च रोकौँ र रमाइलो गरौँ भनी सल्लाह ग¥यौँ र एउटै खालको पहिरन लगायौँ”, भण्डारीले भन्नुभयो, “सबैको हैसियत एउटै देखियो । एकअर्कामा कमजोर अनुभूति कसैमा भएन ।”

विगतका तीजलाई हेर्दा महिलाले महँगा साडी, सुनका गहना प्रदर्शन गर्ने चलन छ । यस वर्ष महिलाले अनावश्यक तडकभडक नदेखिने गरी सामान्य पहिरनमा तीज मनाएमा महँगो खरिद गर्न नसक्नेलाई पनि सहज हुने उहाँहरुको भनाइ छ । टीकापुरमा तिमिल्सिना समाजमा आवद्ध महिलाले समेत यस वर्ष एउटै खालको साडी किनेका छन् । उहाँहरुले यस वर्षको तीजमा सबै दिदी–बहिनी एक ठाउँमा जम्मा भएर पूजा गर्ने कार्यक्रम समेत तय गरेका छन् । सबैमा समानता देखियोस् भनेर बजारमा सस्तोमा पाउन सकिने साडी किनेको समाजमा आवद्ध रेश्मा भट्टले जानकारी दिनुभयो । “हामी दिदी–बहिनी फरक देखिनु भएन, कोही धनी, कोही गरिब छन्, चाडपर्वले त धनी–गरिब भन्दैन । सबैका लागि उस्तै र समान हो”, उहाँले भन्नुभयो, “पर्व समान भएपछि हामी किन असमान हुनु त रु हामी पनि सबै एउटै खालको वातावरणमा पर्व मनाऔँ भनेर यस वर्ष यस्तो तयारी गरिएको हो ।”

जिल्ला प्रशासन कार्यालय कैलालीले समेत तीजपर्वलाई भड्किलो नबनाउन आग्रह गरेको छ । पर्वका अवसरमा अनावश्यक भीडभाड नगर्न, पार्टी प्यालेस तथा होटलमा अनावश्यक खर्च र भीड नगर्न आग्रह गरेको छ ।

पर्व मानिसको खुसीसँग जोडिएको हुन्छ । पर्वले खुसी र उमङ्ग ल्याउनुपर्छ तर मानिसले ध्यान नदिँदा, अनावश्यक खर्च गर्दा पर्वले दुःखी पनि बनाउन सक्छ । त्यसैले अनावश्यक खर्च नगरी सामान्य तवरले तीज मनाउन कर्णाली मावि टीकापुरकी शिक्षिका कल्पना रेग्मी बताउनुहुन्छ । “चाडपर्वले एकता, सद्भाव र मेलमिलाप बढाउनुपर्छ । अझ तीज महिलाको पर्व भएकाले यसले महिलाबीचको असमानता तोड्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “तीजलाई उत्सवका रूपमा मनाउँदा अनावश्यक फेसन र सम्पत्ति देखाउन आवश्यक छैन ।”

महिलाको स्वतन्त्रासँग जोडिएको पर्व भएकाले पहिरन समान लगाउनु, सामान्य दर कार्यक्रम गर्नु ठीकै हो । समान पहिरनका नाममा नयाँ कपडा किन्न नसक्नेलाई दबाब भने दिन हुँदैन । लम्कीचुहा–३ की दुर्गा सोव सम्पन्न महिलाले तीजमा लगाउने कपडा र गहनाले विपन्न महिलालाई तनाव हुने गरेको बताउनुहुन्छ ।

“पर्व सबैको हो । सबैले मनाउन पाउनुपर्छ । बजारमा हुने तीज कार्यक्रममा सहभागी हुने, नाचगान गर्ने अवसर हामीले पनि पाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “बजारका महिलाका गहना देखेर हामी मञ्चमा चढ्न पनि हिम्मत गर्दैनौँ । सबैको समान पहिरन भए, सामान्य गरगहना लगाएमा हामी पनि रहर पूरा गर्ने थियौँ ।”

तीजलाई आत्मीयता र सौहार्दको पर्व मानिन्छ । तीजलाई सबै महिलाले समानता र आत्मीयताको पर्वका रूपमा स्वीकार गरेर मनाउन आवश्यक रहेको महसुस सबैले गर्नुपर्छ । “तीजमा विवाह गरेर टाढा–टाढा पुगेका चेलीहरू जम्मा भएर साथीसङ्गीसँग गरिने व्यवहार आत्मीयताको नमूना हो”, अधिकारकर्मी निर्मला कडायत भन्नुहुन्छ, “अब महिलाका पीडा, वेदनाका कुराभन्दा अवसर र समानताका कुरामा ध्यान दिनुपर्छ ।” रासस