२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री भुसालसँग बङ्गलादेशी प्रतिनिधिमण्डलको भेटवार्ता



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । बुधबारदेखि काठमाडौँमा हुने नेपाल–बङ्गलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज मन्त्री भुसालसँग मन्त्रालयमा भेटवार्ता गरेको हो ।

भेटमा मन्त्री भुसालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालसँग जलविद्युत् पर्याप्त रहेको र मित्रराष्ट्र बङ्गलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री भुसालले बुधबारदेखि हुने संयुक्त बैठकमा सो विषयमा विचारविमर्श हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

ऊर्जा क्षेत्रको उत्पादन, प्रसारणलाइनको निर्माण र व्यापारका लागि बङ्गलादेश, भुटान, भारत र नेपाल९बिबिआइएन० माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै उहाँले बिबिआइएनलाई सक्रिय तुल्याउन बङ्गलादेशले महत्वपूर्ण पहल लिन सक्ने बताउनुभयो ।

सो अवसरमा बङ्गलादेशका पावर, इनर्जी एन्ड मिनिरल रिसोर्सेस मन्त्रालयका सचिव महोमद हबिबुर रहेमानले नेपालमा उत्पादन भएको स्वच्छ ऊर्जा आफ्नो देशका लागि आवश्यक भएको बताउनुभयो । उहाँले आफूहरु नेपालको विद्युतीय ऊर्जा बङ्गलादेश लैजान चाहेको बताउनुभयो । उहाँले नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर विद्युत् आफ्नो देशमा लैजान पहल गरिरहेको जानकारी गराउनुभयो ।

बैठकमा ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, सहसहिच मधु भेटुवाल, बाबुराम भण्डारीसहित परराष्ट्र प्रतिनिधिको सहभागिता थियो ।