२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाईका लागि सर्वोच्च अदालतले आज पेसी तोकेको छ । सर्बोच्चले  न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाको पेसी तोकिएको हो ।

सबिधानसभाको निर्बाचनमा समयमा २०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा आलम पक्राउ परेका थिए ।

घटनाको मुख्य अभियुक्तका रुपमा २०७६ साल असोज २६ गते आलम रौतहट स्थित निबास बाट नै पक्राउ परेका थिए । सरकारले आलमविरुद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा दायर गरेको थियो । सोही मुद्दा अनुसार जिल्ला अदालतले गरेको फैसला अनुसार आलम पुर्पक्षका लागि जेल चलान भएका थिए । जिल्ला अदालतको फैसला बिरुद्ध आलम सर्बोच्चमा आएका थिए ।