११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

निजात्मक, मौलिक र साहित्यिक चिन्तकका रुपमा नेता गिरी

निजात्मक, मौलिक र साहित्यिक चिन्तकका रुपमा नेता गिरी
अ अ+ अ-

काठमाडौँ । “राजनीतिज्ञ भइकन विशुद्ध चिन्तक र चिन्तनमा पनि निजत्व र मौलिकतायुक्त व्यक्तित्व प्रदीप गिरीको निधनबाट देशैभरि एक प्रकारको अभाव खड्किएको छ ।”

मुलुकका हरेक क्षेत्र र समुदायका समस्यालाई गहिराइका साथ बुझ्ने र व्यक्त गर्न सक्ने क्षमताका धनी व्यक्तित्व दिवङ्गत नेता एवं चिन्तक गिरीलाई वरिष्ठ कवि तुलसी दिवसले लामै समयदेखि नजिकबाट चिन्दै आउनुभएको छ ।

रासससँग कुरा गर्दै कवि दिवसले गिरीलाई देशको विकासमा स्पर्श भएर लाग्ने, त्यसभित्र पनि चिन्तन र मनन गरेर जनता, सर्वसाधारणको कल्याणलाई प्राथमिकता दिने तथा साहित्य र संस्कृतिप्रति दिलचस्पी राख्ने राजनीतिज्ञका रूपमा स्मरण गर्नुभयो । भारतको वनारसमा रहँदा पनि त्यहाँका पत्रपत्रिकामा लेख रचना छपाएर आफ्नो पृथक पहिचान स्थापित गर्न गिरी समर्थ भएको संस्कृतिविद् दिवसले स्मरण गर्नुभयो ।

नागरिकबाटै नेपाली चिन्तनको विश्वविद्यालयको उपमा पाउनुभएका समाजवादी चिन्तक एवं दार्शनिक नेता प्रदीप गिरी दर्शनमा आधारित राजनीतिको विश्लेषण गर्ने विशिष्ट क्षमता राख्ने व्यक्ति हुनुहुन्थ्यो । महामानव विपी कोइरालासँग दोहोरो संवाद गर्न सक्ने नेताका रूपमा साहित्यकारहरुले उहाँलाई चिन्ने गरेका छन् । कोइरालाका पुस्तकहरुको सूक्ष्म अध्ययन गरी समयसन्दर्भलाई जोडेर मीठो टिप्पणी गर्न सक्ने नेता गिरीले संसद्का बैठकहरुमा सम्बोधन गर्दै विपी कोइरालासँग सङ्गत गर्ने कमैमध्ये आफू पनि रहेको उल्लेख गर्नुभएको थियो ।

कोइरालाको समाजवादी चिन्तनलाई अहिलेका राजनीतिक दलले भुल्दै गएको जिकिर गर्ने उहाँ विकास भन्ने शब्दलाई भौतिक निर्माणसँग नजोडी जनजीविकालाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरामा दृढ हुनुहुन्थ्यो । महाभारतका पात्र र प्रवृत्तिलाई पछिल्लो पुस्ताले बुझ्ने गरी र समसामयिक राजनीतिक एवं सामाजिक परिवेशसँगको तुलनालाई गहिरो गरी विश्लेषण गर्न सक्ने चिन्तकका रूपमा गिरीलाई लिइन्छ ।

गिरीको निधनपछि श्रद्धाञ्जलि व्यक्त गर्ने क्रममा विभिन्न स्रष्टाहरुले उहाँको अभावमा गहिरो दुःख व्यक्त गरेका छन् । वरिष्ठ साहित्यकार श्यामल अधिकारीले गिरीलाई नेपाली समाजमा राजनीति र साहित्यमाथि इमानदार बौद्धिक विमर्श गर्र्ने र क्षुद्र सत्ता राजनीतिमाथि प्रहार गरिरहने एक नक्षत्र अस्ताएको अनुभव व्यक्त गर्नुभएको छ ।

वास्तवमा पद र सत्ता प्राप्तिमा पटकै ध्यान नदिई जनसेवाको हितार्थ चिन्तन प्रवाहमा प्राथमिकता दिने नेता गिरिले समाज र तल्लो वर्गका नागरिकलाई केन्द्रविन्दुमा राखेर धारणा दिने गर्नुहुन्थ्यो । साहित्यकार तथा वरिष्ठ पत्रकार नारायण वाग्ले गिरीलाई सीधा भन्न सक्ने समाजवादी एवं गान्धीवादी साधकको रूपमा सम्झनुहुन्छ । समाजवादी चिन्तक गिरीबारे उहाँ लेख्नुहुन्छ, “लेखपढ÷बातचितमा सँधै तल्लिन, देश÷देशावरबारे सधैँ सुसूचित, सीधा भन्न सक्ने समाजवादी तथा गान्धीवादी र ताजगीपूर्ण साधक स्वरको सधैँ अभाव हुने भयो ।”

साहित्यकार एवं चलचित्र निर्देशक प्रकाश सायमी उमेरमा फरक भए पनि आफूले मित्रवत्रूपमा चिनेको र विसं २०४६ सालको आन्दोलनमा साहित्यिक र सामाजिक आन्दोलनमा गिरीसँगै सरिक भएको स्मरण गर्नुहुन्छ । उक्त आन्दोलनमा वामपन्थी र प्रजातान्त्रिक खेमा अलगअलग भए पनि एक भएर आन्दोलन गर्नुपर्छ भन्नेमा उहाँको विशेष जोड रहेको सायमीले सुनाउनुभयो ।

“नेपालमा सूर्यप्रसाद उपाध्ययपछि किताबलाई खाएर, चपाएर स्वाद लिनसक्ने मान्छेको रूपमा उहाँ हुनुहुन्थ्यो”, सायमीले सम्झनुभयो, “उहाँ बौद्धिकरूपमा निक्कै अगाडि हुनुभयो तर राजनीतिक नेतृत्वमा फितलो देखिनुभयो ।”

राजनीतिमा बौद्धिकभन्दा हावादारी व्यक्तिको पछाडि भिड हुन्छ, तर्कसङ्गत कुरा गर्ने कार्यकर्ता होइन रहेछ भन्ने उहाँको जीवनीले देखाउने सायमीको व्याख्या छ । उहाँले नेता गिरीको योगदान साहित्यमा भन्दा विचार, चिन्तनप्रधान र राजनीतिपरक किताबहरुमा रहेको बताउँदै उहाँलाई आक्रामक नेताका रूपमा चिन्न सकिने उल्लेख गर्नुभयो ।

गिरीका केही लेखहरु राजनीतिक रङबाट फरक रूपमा हेर्न सकिने र कताकता ती लेखमा साहित्य घुसेको पाइने विश्लेषण गर्दै सायमीले थप्नुभयो, “तारिणीप्रसाद कोइरालाले राजनीतिसँगै साहित्य पनि लेख्नुभयो भने गिरीमा त्यो चाहिँ अभाव देखियो ।”

विसं २००४ साल असोज २४ गते सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गर्नुभएको थियो । उहाँमा समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव थियो । उहाँ सरल जीवनशैली गान्धीवादी नेता हुनुहुन्थ्यो ।

राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता उहाँ ग्रामीण किसान, मजदुर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राख्नुहुन्थ्यो । सबै किसिमका निरङ्कुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिएका गिरी बिपीसँग भारतको बनारसमा बस्दा भएको आन्दोलनदेखिनै राजनीतिक सङ्गत थियो । उहाँले समाजवादी चिन्तन र जीवनशैलीप्रति कुनै सम्झौता गर्नुभएन । उहाँका लेलिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

नेता गिरी संसदीय राजनीतिमा २०५१ सालपछि सक्रिय हुनुभएको हो । विसं २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । विसं २०५६ मा पराजित हुनुभयो भने विसं २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट सहभागी हुनुभयो । सबै जातजाति, भाषाभाषी धर्म संस्कृतिलाई समानरूपमै महत्व र स्थान दिनुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो । रासस