५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा वर्षा र बाढीबाट ३६ को मृत्यु



अ+ अ-

इस्लामावाद । पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन् ।

त्यसैगरी पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्थुन्क्वामा पनि बाढीको प्रकोप बढेको छ । सो प्रान्तमा गएको २४ घन्टायता बाढीमा परेर कम्तीमा पनि ११ जनाले ज्यान गुमाएका छन् ।

उक्त दुई प्रान्तमा वर्षा जारी रहेकाले बाढीको थप प्रकोप बढ्न सक्ने भन्दै सतर्क रहन सरकारले सूचनाहरु जारी गरेको छ ।

यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले क्षतिको विवरण आउन बाँकी रहेको बताएको छ । उक्त निकायले गएको २४ घन्टामा पाकिस्तानका कैयौँ क्षेत्रमा बाढी र वर्षा आएको भन्दै शनिबार बिहानैदेखिको वर्षा अविरल रुपमा आइतबार बिहानसम्म आएकाले अरु पनि क्षति भएको अनुमान गरिएको छ ।

विवरणहरु आउन बाँकी रहेको सो निकायले जनाएको छ । पछिल्लो वर्षा र बाढीले २० हजारभन्दा बढी घर भत्किएका छन् ।यो मनसुनी वर्षामा मात्र पाकिस्तानमा सात सयभन्दा बढीको ज्यान गएको छ । यसमा परेर हजारौँ व्यक्ति घरबारविहीन भएका बताइएको छ ।