५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले विभाजन र गठबन्धनले कठिन परिस्थितिमा छ: सुरेन्द्र पाण्डे



अ+ अ-

पोखरा । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आसन्न निर्वाचनको बेला एमाले कठिन परिस्थितिमा रहेको बताउनुभएको छ । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले २०५६ निर्वाचनमा जस्तै अहिले पार्टी अप्ठ्यारो परिस्थितिमा रहेको बताउनुभयो ।

यद्यपि उहाँले निर्वाचनका लागि एमाले तयार रहेको उल्लेख गर्नुभयो । उहाँले २०५६ को निर्वाचनमा पार्टी विभाजित भए पनि एमाले विरुद्ध कसैको गठबन्धन थिएन भन्दै भन्नुभयो, “अहिले हाम्रासामु विभाजनको अवस्थाका साथै हामीविरुद्ध गठबन्धन पनि गर्ने दुई चुनौती छन्, यी दुवै चुनौतीलाई हामीले गम्भीरताका साथ विश्लेषण गरेका छौँ ।”

नेकपा विभाजनसँगै एमालेभित्र पनि विभाजन भएको र विभाजन भएको त्यो सानै हिस्साले पनि विभाजनको छाप छाडेर जनतामा प्रभाव पारेको उहाँको भनाइ थियो ।

गठबन्धनले मुलुकलाई थप संकटतिर लान सक्ने भन्दै उपाध्यक्ष पाण्डेले अहिलेको गठबन्धन मुलुकका निम्ति आफैँ समस्या बन्न सक्ने बताउनुभयो ।