२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ः माधव नेपाललाई साथ नदिइ एमालेमै बसेका दुई सांसद मन्त्री बने



अ+ अ-

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद्मा मुख्यमन्त्री भीम आचार्यले २ जना मन्त्री थप गरेका छन् । 

मुख्यमन्त्री आचार्यले बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई मन्त्री बनाएका हुन् । 

स्रोतका अनुसार तेह्रथुमका तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरणको जिम्मेवारी दिइएको छ भने ताप्लेजुङका साम्सोहाङलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि माधव नेपाल समूहमा रहेका उनीहरू नेकपा एकीकृत समाजवादीमा नगइ एमालेमै बसेका थिए ।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख सोमनाथ प्यासीसँग पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।