१८ असार २०८३, बिहीबार
,
Latest
दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव ह्वाटमोरद्वारा राजीनामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् ।

आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका ह्वाटमोरले पदबाट राजीनामा दिएका हुन् ।

उनले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । 

खुल्ला प्रतिस्पर्धाबाट वाटमोर राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । 

उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमको प्रशिक्षकबाट राजीनामा दिएका हुन् । 

पारिवारिक कारण देखाउदै ह्वाटमोरले राजीनामा दिएको बताइएको छ । 

ओमान भ्रमण लगत्तै ह्वाटमोर राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारीबाट बाहिरिने भएका छन् ।