२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसुलाइ कालोमोसो दल्ने दुई विद्यार्थी नेतालाई एमालेद्वारा कारबाही



अ+ अ-

दाङ । नेकपा एमाले दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. विनोद सिंहमाथि  कालोमोसो  दल्ने  दुईजनालाई  साधारण सदस्य  समेत  नरहने  गरि कारबाही  गरेको छ ।  

शुक्रबार दिउँसो  पौने २ बजेतिर डा. सिंहमाथि कालोमासो दल्ने एमाले निकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीलाई कारवाही  गरिएको हो । 

एमाले  दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले एक विज्ञप्ति जारी गरि डा. सिंहमाथि कालोमोसो  दल्ने कार्यप्रति निन्दा गर्दै कानुन वमोजिम कारवाहीको माग गरेका  छन् । 

संयोजक परियारकी श्रीमतीलाई टाइफाइडको उपचारका लागि विहीबार प्रादेशिक अस्पतालमा लगिएको रअस्पतालमा कल्चर चेकजाँचको सेवा नभएपछि  मेसु सिंहसँँग विवाद सिर्जना भएको थियो । डा.सिंहले  अस्पतालमा कल्चर सेवा नै नभएकाले त्यो सेवा प्रदान गर्न नसकिने बताएका थिए । त्यसपछि शुक्रबार ४/५ जना युवाहरुले कार्यकक्षमै आएर मोसो दलेर भागेका थिए  ।