२२ आश्विन २०८१, मंगलवार
,
Latest
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा र पौडेलबिच देशभर एकैसाथ वडा अधिवेशन गर्ने भयो सहमती



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले देशभर एकैसाथ वडा अविधेशन गर्ने भएको छ । शुक्रबार राति प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच देशभरका सवै वडाहरुमा एकैसाथ निर्वान गर्ने सहमती भएको हो ।

सभापती देउवा र पौडेलबिच सहमती भएसैगै संस्थापन इतर समुह शनिबार बिहानैबाट सभापतीको साझाँ उम्मेद्धार छनोटका लागि छलफलमा जुटेको छ । 

हिजो शुक्रबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी मै बसेको पौडेल पक्षको बैठकले भदौ १८ गतेका लागि निर्धारित वडा अधिवेशन ७७ वटै जिल्लामै एकसाथ गर्नुपर्ने, आन्दोलनरत जिल्ला सभापतिहरूका माग सम्बोधन गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरेको थियो। सोहीअनुरूप पौडेल पक्षका नेताहरू राति देउवालाई भेट्न गएका हुन्। 

 भदौ ९ देखि कांग्रेस पौडेलपक्षीय जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्नेलागयत तीनबुँदे माग राखेर रिले अनशनमा छन्। 

देउवासँग भएका सहमतिअनुसार अघि बढ्न नेताहरू कृष्ण सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले आज दिनभर गृहकार्य गरेर जिल्ला सभापतिहरूको अनशन तोडाउने सम्भावना रहेको चाक्सीबारी स्रोतले जनाएको छ।