२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाको छाङ्छाङ्दीमा साउनमा मात्र साढे १२ लाख भेटी सङ्कलन



स्याङ्जाको छाङ्छाङ्दीमा अवस्थित महादेवको मूर्तिमा पूजा आराधना गर्दै भक्तजन-तस्बिर : तोलाकान्त बगाले/रासस
अ+ अ-

वालिङ । स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिर छाङ्छाङ्दीमा साउन महिनामा मात्रै रु १२ लाख ६० हजार छसय ९९ भेटी सङ्कलन भएको छ । भिरकोट नगरपालिका–४ छाङ्छाङ्दीमा रहेको उक्त शिवमन्दिरमा साउनको सोमबार आउने भक्तजनबाट भेटी सङ्कलन भएको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

मन्दिरमा दर्शनका लागि आउने भक्तजनले दान गरेको, सहयोग रसिद, आजीवन सदस्यता, चामल बिक्री, पार्किङ व्यवस्थापन, बजार बिक्री कर, भजन मण्डली, दानपेटिका, द्रुत सेवा र क्युआर कोडमार्फत उक्त भेटी सङ्कलन भएको हो ।

“साउन महिना महादेवको प्रिय महिना र त्यसमा पनि सोमबार विशेष दिन भएको हुँदा यहाँ भक्तजनको भीड लागेको हो”, उहाँले भन्नुभयो, “यसपटक साउन महिनाका पाँच वटा सोमबार रहेको र यहाँ आउने भक्तजनले विभिन्न शीर्षकमा दिएको भेटी सङ्कलन गरी आम्दानी बाँधेर राखेका छौँ ।”

मन्दिरमा भजन मण्डलीद्वारा भजनकीर्तन गरिने हुँदा त्यहाँ धेरै भक्तजनले भेटी चढाउने गरेको सचिव श्रेष्ठले बताउनुभयो । विभिन्न शीर्षकबाट सङ्कलन भएको भेटीलाई बैंकिङ प्रणालीमार्फत खर्च गर्ने गरिएकाले पारदर्शितामा समितिले ध्यान दिएको छ ।मन्दिरका नाममा माछापुच्छ«े बैंकसँग समन्वयमा ‘क्युआर कोड’ मन्दिर परिसरमै राखिदिएकाले पनि भेटी सिधै बैंकमा जम्मा हुने गरेको छ । “सङ्कलन भएको भेटीको सही सदुपयोग गरी सोहीमार्फत मन्दिरमा पूजापाठ सञ्चालन गर्ने, भौतिक पूर्वाधार विस्तार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “यहाँ बर्सेनि नयाँनयाँ भौतिक संरचना तथा विभिन्न मूर्तिहरू प्रतिस्थापन गर्दै थप व्यवस्थित गर्दै अगाडि बढेका छौँ ।”

यस ठाउँमा हिमालयकी पुत्री पार्वतीको अन्तिम अङ्ग पतन भएको किंवदन्ती छ । दिवङ्गत भएकी पत्नी पार्वतीको शव लिएर हिँड्नेक्रममा बाँकी रहेको अन्तिम अङ्ग पनि पतन भएपछि पत्नी वियोगमा ब्याकुल बनेका महादेवले त्रिशूल प्रहार गरी पानी निकालेको र सोही पानी पत्थर भित्रैभित्रबाट छङ्छङ् गर्दै झरेकाले यसको नामकरण ‘छाङ्छाङ्दी’ भएको धार्मिक विश्वास रहिआएको छ । यस मन्दिरमा स्याङ्जासहित पोखरा, पाल्पा, बुटवल, चितवन, बागलुङ, पर्वत, तनहुँलगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।