२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाडौँमा धरानले मात्र होइन चारैतिरबाट प्रहार गर्नुपर्छ’ (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । केहीदिनदेखि सामाजिक सञ्जालमा ‘दुई मेयरको जुहारी’ले निकै चर्चा पाएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईबीचको फेसबुकमा भनाभनले सामाजिक सञ्जाल तातिएको हो ।

आज शुक्रबार बिहान मेयर साम्पाङले भिडियोमार्फत दिएको एक अधिव्यक्ति अहिले निकै चर्चामा छ ।

उनले भिडियोमा भनेको जस्ताको तस्तै – ‘विशेषगरी यो मेरो लाईभचाहीँ मेरो विरोधीहरुलाई है । तपाईहरुको विरोधले हुन त के ख्यास्छ र ख्यास्न त । केहीपनि ख्यास्दैन म त आफ्नो वेमा हिड्ने मान्छे हो । तर मेरो विरोधले चाहीँ तपाईहरुलाई निकै पोल्दोरछ । जुनदिनसम्म काठमाडौँको फोहोर सोहोरिँदैन, सफा हुँदैन तबसम्म धरानलेमात्र होइन चारैतिरबाट प्रहार गर्नुपर्छ । काम न काजका हरु ।’

उनको यसप्रकारको अभिव्यक्तिलाई नकरात्मक रुपमा टिप्पणी गरिएको छ । एकजना प्रयोगकर्ता लेख्छन् – तपाइको उचाइ घट्दै छ है दाजु ! महान बन्न लाई बिचार र व्यवहार दुबै महान हुन पर्छ हजुर जस्तो ब्यक्ती के बोल्दा र लेख्दा ध्यान पुर्याउनु होला ।

यस्तै अर्का एक प्रयोगकर्ता लेख्छन् – हजुर यसरी नै कराउनु भयो भने हजुरलाई कसैले साथ दिने वाला छैन ।

एक प्रयोगकर्ताको सुझाव छ – तपाईंका विगत २३ दिनका फेसबुक गतिविधि देख्दा रित्तो गाग्रीले बढी आवाज निकाल्छु भन्ने उखान साँच्चिकै हो रैछ कि भन्ने लाग्दैछ। फेसबुक चलाउन कम गरे तपाईंकै हित हुने थियो होला

http://