२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी नेतृत्वबाट बिदा हुने प्रचण्डको इच्छा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी कन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाउनु भएको छ । 

अध्यक्ष दाहालले अध्यक्ष र प्रधानमन्त्री आधाआधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गर्नु भएको हो । वाईसियल नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उहाँले ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएपछि आफू हेरेको हेरिएकै परियो दुःखेसो समेत पोख्नु भयो । 

अध्यक्ष दाहालले भन्नु भयो, ‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँ भन्दा के चाहियो ? हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तीका लागि ठगी धन्दा रहेछ त्यो त । हामीले चाँही उनको ठगी धन्दा तमसुकमा सही गरे पछि त भयो भनि ठान्यौं, हामीले । तमसुक हेरेर बसियो, विचारा उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे ।’

अध्यक्ष दाहालले ओलीसँग गठबन्धन गरेर के पायौं ? भनेर आफूमाथि सत्तारुढ दल भित्रैबाट प्रश्न आउने गरेको गुनासो पनि गर्नु भयो । उहाँले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भईरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाईसियलका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । अध्यक्ष दाहालले भन्नु भयो, ‘प्रतिक्रियावादी शक्तिहरुले कुनै पनि रुपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँन कहीँ पूरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन । त्यसलाई रोक्नका लागि तपाई युवाहरुप्रति पार्टीको ठूलो भरोसा छ ।’

अध्यक्ष दाहालले युवाहरु नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरुको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराउनु भयो ।