२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटनको कृष्ण मन्दिरमा उल्लेख्य भक्तजन



अ+ अ-

पाटन। पाटन मङ्गलबजार परिसरमा अवस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन भित्रिने क्रम जारी छ । आज भदौ कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भएसँगै भगवान्को दर्शन तथा पूजा एवं आराधनाका लागि भक्तजन पाटन पुगेका छन् ।

गए राति १ बजेदेखि दर्शनार्थीको चहलपहल मन्दिरमा रहेको मन्दिरका रेखदेखकर्ता भुवनबहादुर चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तजन आउने क्रम जारी छ ।” भगवान कृष्णको दर्शनका लागि एक पटकमा तीस महिला र सोही सङ्ख्यामा पुरुषलाई प्रवेशको व्यवस्था गरिएको चित्रकारले जानकारी दिनुभयो ।

मध्यराति १२ बजे कृष्णको नित्यपूजा गरी मन्दिरको ढोका खोलेसँगै भक्तजनको प्रवेश गराइएको हो । मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायका अनुसार दर्शनार्थीले बिनाझन्झट पूजाआजा गरिरहेका छन् । दर्शन गर्ने कार्य व्यवस्थित बनाउन स्वयंसेवक खटाइएको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो ।

कृष्ण मन्दिरभित्र मोबाइल तथा क्यामेरा लैजान निषेध गरिएको छ । कृष्ण भगवान्को उपासनामा दर्शनार्थीले भजनकीर्तन तथा नाचगानसमेत गरिरहेका छन् । महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । रासस