१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता तीनै जनाको शव फेला



अ+ अ-

कावासोती । पहिरामा परी बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरामा परी बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो ।

शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत पहिरामा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरामा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए ।

हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र छ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिरामा परी बेपत्ता भएका थिए । हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।