११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत छैन: मिनेन्द्रप्रसाद रिजाल

नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत छैन: मिनेन्द्रप्रसाद रिजाल
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताउनु भएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले जस्तोसुकै सम्मानित पद भएपनि नेपालीलाई नागरिकताबिहीन, मुलुकबिहीन बनाउने अधिकार नभएको बताउनु भएको हो । सो नागरिकता विधेयक ढुंगाको अक्षर नभएको उल्लेख नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने बताउनु भयो ।

नेता रिजालले संसदको कुनै पनि सदस्यलाई नेपालीलाई नागरिकताविहिन बनाउने अधिकार नभएको पनि स्पष्ट पार्नु भयो । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने तर्क गर्ने एमाले सांसदहरुले हाल आएर विधेयक फिर्ता गर्दा भने उपयुक्त छ भनेर भनेको सुन्दा आफू चकित भएको बताउनुभयो ।

नेता रिजालले भन्नु भयो, ‘पुनर्विचार गरियोस् भनेर नागरिक विधेयक फिर्ता आएको छ । यति चाँही भन्नु आवश्यक छ कि नेपालमा केही मानिसलाई नागरिकता बनाएरै राख्ने सोचबाट नेपालले मुक्ति पाउनुपर्छ । एउटै परिवारको दाजुले नागरिकता पायो, बहिनीले नपाउने अवस्था छ । यो समस्या समाधान हुनुपर्छ । एउटा सोच नेपालमा छ । एकथरी अनुहारका नेपालीलाई अर्को थरी अनुहारकालाई नागरिक होइनन भन्ने विशेष अधिकार प्राप्त छ भनेर । त्यसको अन्त्य हुनुपर्दछ । अर्को एउटा सोच छ–एकथरी अनुहारका नागरिकलाई जहिले पनि आफ्नो सुरक्षाका लागि देश भित्र पनि बाहिर हेर्नुपर्ने बाध्यता सृजना गर्ने । त्यसको पनि अन्त्य हुनुपर्दछ । म त्यतातर्फ गएन । नागरिक विधेयक मूलतः यिनै कुराहरुमा केन्द्रित छ । अहिले अध्यादेशबाट राष्ट्रपतिले फिर्ता पठाउँदाखेरी ठिक भयो । अध्यादेशबाट मिल्दैन थियो भन्ने बहस गर्नु भएको छ । म यतिमात्रै भन्छु–२०७७ असार नौं गते राज्य व्यवस्था समितिको प्रतिवेदन आयो । हामीले संशोधन दर्ता ग¥यौ–२०७७ पुस ५ गते । सम्म प्रतिनिधिसभा थियो । केपी ओली नेतृत्वको सरकारले कहिल्यै पनि त्यो विधेकयलई अघि बढाउने काम गरेन । अहिले माननीय सदस्यहरु भन्दैहुनुहुन्छ, विधेयक किन अघि बढेन । त्यो प्रश्न त्यसबेलाको गृहमन्त्रीलाई पनि सोध्नुस । तत्कालीन प्रधानमन्त्रीलाई पनि सोधनुस । अर्कोलाई सोधेर त्यसको उत्तर प्राप्त हुँदैन । अनि, अर्को कुरा २०७८ जेठ ८ गते संसद दोस्रो पटक विघटन हुन्छ अनि २०७८ जेठ ९ गते अध्यादेशको रुपमा यही विधेयक आउँछ । संसद विघटन गर्ने, अध्यादेशको रुपमा ल्याउने, अनि अध्यादेशको रुपमा आयो भने राष्ट्रपतिले तत्काल केही गर्न आवश्यक परेमा सक्नेछ भनेर लेखेको प्रावधानलाई दूरुपयोग गरेर अध्यादेशलाई फिर्ता गर्ने अधिकार छैन भन्ने । यो झुटा कुरा नगरौं । संसदले पारित गरेकोलाई फिर्ता गर्न मिल्ने, अनि संसद विघटन गरेर, संसदप्रतिको उत्तरदायित्वलाई अन्त्य गरेर राष्ट्रपति कहाँ अध्यादेश फिर्ता गर्न हुन्न भन्ने के व्यवस्थाको कुरा गर्दै हुनुहुन्छ रु कुन लोकतान्त्रिक व्यवस्थाको कुरा गर्दै हुनुहुन्छ रु अघि सुरुमा बोल्ने माननीय सदस्यले त्यही सरकारको मन्त्री हुनुहुन्थ्यो । त्यो बेला किन भन्नु भएन आफ्नो प्रधानमन्त्रीलाई यो व्यवस्थामा जानु हुन्न भनेर । अर्को केही नयाँ कुराहरु आएका छन । आज पास गरिएको नागरिक विधेयक ढुंगाको अक्षर होइन । पछि अरु चिज पनि थप्न सकिन्छ । त्यो गरौैला । तर, आज यही बहानामा लाखौं नेपालीलाई नागरिकताबिहीन बनाउने, मुलुकविहीन बनाउने षडयन्त्र गर्ने अधिकार हामीलाई छैन । कुनै व्यक्तिलाई पनि अधिकार छैन । कुनै पनि सम्मानित पदमा बसेको व्यक्तिहोस् त्यो अधिकार छैन । ’

नेता रिजालले एक थरी अनुहारकाले अर्को थरी अनुहारकाको राष्ट्रियतामाथि प्रश्न उठाउने प्रचलन रहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताउनु भयो ।