२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकमा राष्ट्रपतिले विवेकको प्रयोग गर्न नसकेको माओवादी सांसदको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रपतिले समेत नागरिकता विधेयकको बारेमा विवेकको प्रयोग गर्न नसकेको आरोप लगाउनुभएको हो । उहाँले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताउनु भयो । सांसद बिशंखेले संसदमा भएका सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिनुभयो । उहाँले नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली
नागरिकले नागरिकता पाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रुपमा नागरिकता दिनुपर्ने बताउनु भयो । उहाँले नागरिकताको बारेमा फरक रुपमा रहँदा फरक तर्क गर्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजपनि हामीले छोरा र छोरीलाई विभेद गर्ने वहस सिर्जना गरिरहेका छौँ । यो वहसको बिरोध गर्न चाहन्छु । महिला निरीह हुँदैन । नेपाली चेलीसँग विवाह गर्ने पुरुषले नेपालमा बस्छु भन्दा नागरिकता दिन सक्ने वातावरणबाट कसरी हल गर्ने? यो वहस पनि छैन । यहाँ कुन कोणबाट वहस भइरहेको छ । छोरीसँग विवाह गरेर आउने ज्वाईंले चाहन्छन् भनेपनि र छोरासँग विवाह गरेर आउने बुहारीले चोहमा पनि नागरिकता दिन सक्नपर्छ । जानपनि सक्छन् आउनपनि सक्छन्, उनीहरुलाई पनि नागरिकता सहज ढंगले दिनुपर्छ । थर फेर्न, नाम फर्न चाहनेलाई पनि नागरिकता दिनुपर्छ । यो नागरिकता दिनुपर्छ भन्ने विषय हो । एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन ? विवेकको प्रयोग गरौँ । मेरो प्रश्न र चुनौती छ विवेकको प्रयोग गर्न सक्नुहन्छ ? ठूला वहस गर्नेलाई मेरो चुनौती छ । इभन सम्मानित राष्ट्रपति जस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन । अरुको के कुरा गर्ने ।’

सांसद बिशंखेले सहज रुपमा नागरिकता दिने कुरामा सोच्न आवश्यक रहेको बताउनु भयो ।