११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नागरिकता विधेयकमा राष्ट्रपतिले विवेकको प्रयोग गर्न नसकेको माओवादी सांसदको आरोप

नागरिकता विधेयकमा राष्ट्रपतिले विवेकको प्रयोग गर्न नसकेको माओवादी सांसदको आरोप
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रपतिले समेत नागरिकता विधेयकको बारेमा विवेकको प्रयोग गर्न नसकेको आरोप लगाउनुभएको हो । उहाँले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताउनु भयो । सांसद बिशंखेले संसदमा भएका सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिनुभयो । उहाँले नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली
नागरिकले नागरिकता पाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रुपमा नागरिकता दिनुपर्ने बताउनु भयो । उहाँले नागरिकताको बारेमा फरक रुपमा रहँदा फरक तर्क गर्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजपनि हामीले छोरा र छोरीलाई विभेद गर्ने वहस सिर्जना गरिरहेका छौँ । यो वहसको बिरोध गर्न चाहन्छु । महिला निरीह हुँदैन । नेपाली चेलीसँग विवाह गर्ने पुरुषले नेपालमा बस्छु भन्दा नागरिकता दिन सक्ने वातावरणबाट कसरी हल गर्ने? यो वहस पनि छैन । यहाँ कुन कोणबाट वहस भइरहेको छ । छोरीसँग विवाह गरेर आउने ज्वाईंले चाहन्छन् भनेपनि र छोरासँग विवाह गरेर आउने बुहारीले चोहमा पनि नागरिकता दिन सक्नपर्छ । जानपनि सक्छन् आउनपनि सक्छन्, उनीहरुलाई पनि नागरिकता सहज ढंगले दिनुपर्छ । थर फेर्न, नाम फर्न चाहनेलाई पनि नागरिकता दिनुपर्छ । यो नागरिकता दिनुपर्छ भन्ने विषय हो । एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन ? विवेकको प्रयोग गरौँ । मेरो प्रश्न र चुनौती छ विवेकको प्रयोग गर्न सक्नुहन्छ ? ठूला वहस गर्नेलाई मेरो चुनौती छ । इभन सम्मानित राष्ट्रपति जस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन । अरुको के कुरा गर्ने ।’

सांसद बिशंखेले सहज रुपमा नागरिकता दिने कुरामा सोच्न आवश्यक रहेको बताउनु भयो ।