११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नागरिकता विधेयक विरुद्ध सशक्त खबरदारीमा उत्रिन आग्रह

नागरिकता विधेयक विरुद्ध सशक्त खबरदारीमा उत्रिन आग्रह
अ अ+ अ-

काठमाडौँ । नागरिकता अध्ययन कार्यदलले पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयकलाई यसै संसद्मा हचुवाका भरमा पारित गर्न/गराउन खोज्नु नितान्त असंवैधानिक, अलोकतान्त्रिक र असंसदीय मात्र नभई अधिनायकवादी र चरम राष्ट्रघाती कार्य भएको बताएको छ ।

कार्यदलले आज एक विज्ञप्ति जारी गर्दै हालको नेपाली नागरिकता विधेयक अति नै खुला, उदार र खुकुलो नागरिकता नीतिमार्फत नेपालमाथि विदेशीहरुको अत्यधिक जनसांख्यिक अतिक्रमणद्वारा आधिपत्य जमाउने नियतले ल्याइएको भन्दै त्यसका विरुद्ध सशक्त खबरदारीमा उत्रिन सम्पूर्ण नेपाली नागरिकमा अनुरोध गरेको छ ।

राष्ट्रपतिबाट पुनर्विचार गर्न फिर्ता भएको नागरिकता विधेयकमा नेपाललाई नवउपनिवेश बनाएर यहाँका आदिवासी, जनजाति र रैथाने जनसमुदायहरुलाई अल्पमतमा परिणत गर्ने दुर्नियत रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिज्यूबाट फिर्ता भएको सन्देश र प्रक्रियालाई पूरै बेवास्ता गर्दै र राष्ट्रपतिजस्तो राष्ट्रकै गरिमामय अभिभावक संस्थालाई समेत अटेर र न्युन मूल्यांकन गरी सरकारले विधेयकमाथि कहीं कतै कुनै पनि छलफल गर्न/गराउन आवश्यक नठानेर पुनः कथित फास्टट्रयाकबाटै पहिलेजस्तै गरी तथाकथित प्राविधिक बहुमतको दम्भमा बलजफ्तीपूर्वक राष्ट्रिय अस्तित्वसँग गाँसिएको नागरिकताजस्तो गम्भीर र संवेदनशील विषयमा जनता र मुलुकलाई मात्र होइन विधेयक पास गर्ने विधायकहरुलाई समेत गुमराहमा राखेर जस्ताको तस्तै हुबहु पारित गर्ने भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

कार्यदलले फिर्ता भएको नागरिकता विधेयक हुबहु पारित गर्ने हो भने यो अत्यन्त गम्भीर, घोरआपत्तिजनक, अति निन्दनीय र परम भर्त्सनायोग्य विषय हो भन्दै यसबारे सार्वभौम संसद् र संसदीय समितिमा पर्याप्त विमर्श हुनुपर्ने तथा पहिले विषयगत समितिले राखेको अंगीकृत वैवाहिक नागरिकका लागि सात वर्षको प्रावधान यथावत् राख्नुपर्ने माग गरेको छ ।

“संसद्कै चुनाव घोषणा भएपछि एकप्रकारले कोमामा पुगेको यो संसद् र काम चलाउ बनेको यो गठबन्धन सरकारलाई यस्ता गम्भीर र दीर्घकालीन महत्वका निर्णय गर्ने अधिकार नै छैन । उसै त यस्ता गम्भीर र दीर्घकालीन प्रकृतिका विषयमा अनिवार्य राष्ट्रिय सहमतिसहित विधायिकाबाट पारित गरिनु पर्ने हुन्छ । त्यसमा त यिनले सोच्नसम्म पनि चाहँदैनन्”, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै अस्वाभाविक र अनपेक्षित ढङ्गले पास गराउने जस्तो मूर्खतापूर्ण हर्कत भएको खण्डमा सार्वभौम र स्वाधीन आम नेपाली जनता मुलुकको स्वाधीनता, स्वाभिमान, स्वत्व र अस्तित्व रक्षाका लागि सशक्त प्रतिवादमा उत्रन बाध्य कार्यदलले चेतावनी दिएको छ ।

साथै यो अवस्थामा देशका सच्चा सन्तती आम देशभक्त नेपालीहरु र सम्पूर्ण राष्ट्रप्रेमी शक्ति र जनसमुदायहरुलाई उक्त कार्यको सशक्त र निर्णायक विरोध, अवरोध र प्रतिरोध गर्दै सडकमा उत्रेर पूर्ण खबर्दारी गर्न आग्रह गरेको छ ।

कार्यदलमा संयोजक साध्यबहादुर भण्डारी, सहसंयोजक नारायण शर्मा, सल्लाहकारहरु पूर्वउपप्रधानमन्त्री सीपी मैनाली, लोककृष्ण भट्टराई, हिरण्यलाल श्रेष्ठ, श्याम श्रेष्ठ, द्वारिकानाथ ढुङ्गेल, बुद्धिनारायण श्रेष्ठलगायत हुनुहुन्छ ।