२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एकीकृत समाजवादीमा बामदेव !



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने भएका छन् । गौतमलाई पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको उपाध्यक्ष दिने भएका हुन् । 

स्रोतका अनुसार दुई पक्षबीच गौतमलाई उपाध्यक्षको जिम्मेवारी दिने सहमति भएको बुझिएको छ । उनीसँगै नयाँ पार्टीमा प्रवेश गर्ने केन्द्रीय सदस्यहरुलाई सोहीअनुरुपको जिम्मेवारी दिने सहमति भएको छ । 

यसअघि गौतमले विभिन्न अन्तर्वार्तामा आफूसहित साथीहरु नेपाल नेतृत्वको नयाँ पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको बताएका थिए । 

पार्टीको औपचारिक विभाजनअघि एकता अभियान सञ्चालन गर्दै आएका गौतमले नेपालले नयाँ पार्टी बनाएमा उनलाई साथ दिने बताउँदै आएका थिए ।