२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्रा व्यवस्थापनबारे पर्यटनमन्त्री श्रेष्ठद्वारा सरोकारवालाहरुसँग छलफल



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु, स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी, गुठी संस्थान, स्थानीय गुठीयारका साथै अन्य सरोकारवलाहरुसँग छलफल गर्नुभएको हो ।

काठमाडौंवासीको महत्वपूर्ण चाडका रूपमा रहेको इन्द्रजात्रालाई विश्वव्यापी रुपमा चिनाए पर्यटन उद्योगको विकासमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताउनुभयो । इन्द्रध्वजोत्थान पर्व राष्ट्रिय संस्कृतिका रुपमा विकसित भएको बताउनुहुँदै उहाँले इन्द्रजात्रा अवलोकनमा सहभागि हुनेहरुलाई सहज हुने गरी सवै प्रवन्ध गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति, मन्त्रीहरु र नगरवासीहरु उपस्थित भई इन्द्रध्वजोत्थान गर्ने गरिन्छ ।

साथै विश्वका विभिन्न सहरका मेयरसहित विदेशी पाहुनालाई पनि निमन्त्रणा गरिएको छ । इन्द्रजात्रासँगै गणेश, भैरव र कुमारीको रथयात्रा, नाच, गान, झाँकी व्यवस्थापनका साथै ट्राफिक र सुरक्षा व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

नेपाली मौलिक मूर्त–अमूर्त संस्कृति जीवन्त राख्ने र विश्वमा नै यसको महत्व फैलाउन अवसरका रुपमा इन्द्रजात्रालाई लिनुपर्ने उहाँको भनाइ छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले इन्द्रजात्रा व्यवस्थापनमा महानगरपालिकाले गरिरहेको कामबारे जानकारी दिनुभयो । साहले संस्कृति र सम्पदा क्षेत्र संरक्षणका लागि तीनै तहका सरकारबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।

आठदिनसम्म मनाइने इन्द्रजात्रा पर्वमा वसन्तपुर क्षेत्रमा पुलकिशी, श्वेत भैरव, आकाश भैरव, इन्द्र, गणेश, कुमारीलगायतको जात्रा देखाइनेछ । कुमारी गणेश र भैरवको रथारोहण, देवी र लाखे नाच प्रदर्शन लगायत उत्वस गरिनेछ । राष्ट्रप्रमुख जात्रामा सरिक भएर टीका र प्रसाद ग्रहण गर्दा देशमा सुख शान्ति हुन्छ भन्ने मान्यता रहेको छ ।




भर्खरै