३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको माटोमा अम्लियपना बढ्यो



अ+ अ-

चितवन । जिल्लाका अधिकांश क्षेत्रको माटोमा अम्लियपना बढी देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले यही फागुन ४ र ५ गते गरेको माटो परीक्षणका क्रममा अम्लियपना बढेको पाइएको हो । 

परीक्षणका क्रममा ५० प्रतिशत माटोमा अम्लियपना भेटिएको कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २५८ नमूना परीक्षण गरिएकामा १२९ वटामा अम्लियपना भेटिएको हो । माटोमा अम्लियपना बढी भए उर्वराशक्तिमा ह्रास आएको परीक्षणका क्रममा भेटिएको छ । माटोको परीक्षणमा एकदेखि १४ सम्म पिएच हुनेगर्छ । त्यसमध्ये ७ तटस्थ हो । सातभन्दा तल देखिएमा अम्लियपना र माथि भएमा छारिय भनिने उहाँको भनाइ छ । ६ पिएच सम्मलाई धानखेतीमा राम्रो मानिन्छ । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोमा अम्लियपना बढेको उहाँले बताउनुभयो । 

यस्तै ५० प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको पौडेलले बताउनुभयो । माटोमा अम्लियपन र क्षारीय तत्व बढेमा बालीनालीले प्राप्त गर्ने तत्वको कमी हुने र माटोको सूक्ष्म तत्व गुम्ने हुन्छ । विशेष गरी व्यावसायिक खेती गर्ने किसानले अव्यवस्थित रुपमा रासायनिक मलको प्रयोग गर्दा माटोको उत्पादकत्व कम हुने उहाँले बताउनुभयो । उत्पादन क्षमता कायम राख्दै उत्पादन बढाउन नियमित माटो परीक्षण गराउँदै चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने पौडलले बताउनुभयो । 

स्थानीय तहले समन्वय गरेर नियमित रुपमा माटो परीक्षण गर्नुपर्ने पौडेल बताउनुहुन्छ । किसानले सिफारिस अनुसारको मात्रा प्रयोग नगर्दा माटोमा अम्लियपना बढेको उहाँले बताउनुभयो । उत्पादकत्व घट्दै गएपछि प्रधानमन्त्री कृषि आधुनिकिरकण परियोजना कार्यान्वयन एकाइ चितवनले घुम्ती शिविरको आयोजना गरेको हो । 

कार्यालयले भरतपुर महानगरपालिकाका विभिन्न वडामा तरकारी खेती, पूर्वी चितवनमा केरा खेती र धान खेती गरिएका क्षेत्रको माटोको नमूना परीक्षण गरिएको थियो । जिल्लाका सातवटै पालिकाबाट माटोको नमूना सङ्कलन गरिएको पौडेलले बताउनुभयो । मल तथा माटो परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा गरिएको सो परीक्षणमा नाइट्रोजन मध्यम, फस्फोरस उच्च र पोटास मध्यम देखिएको छ ।  रासस