२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवलाई युवराजको कटाक्षः कुनै चिन्हमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन्



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वसामजिक विकासमन्त्री युवराज दुलालले राष्ट्रिय सभा सदस्य राजिनामा दिएर चुनाव लड्नेहरु प्रति कटाक्ष गर्नुभएको छ ।

सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता दुलालले राष्ट्रिय सभा सदस्य राजिनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता नभएको र गोलाकारभित्रको हसिया हथौडा चिन्हमा उठे पनि हुदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् भन्दै वामदेव गौतमलाई कटाक्ष गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ ‘भन्दा देख्नेलाई लाज १ हामी कोही राजनीतिककर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुदैन नी ! राष्ट्रिय सभा सदस्य राजिनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन । गोलाकारभित्रको हसिया हथौडा चिन्हमा उठे पनि हुदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् । चेतना भया !’

प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित वामदेव गौतम विज्ञको कोटा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनु भएको थियो । उहाँको कार्यकाल अझै चार बर्ष बाँकि नै छ । गौतम राष्ट्रियसभा सदस्यबाट राजिनमा दिएर प्यूठानबाट प्रतिनिधिसभाको निर्वाचन लड्ने भन्दै माओवादी केन्द्रमा पुग्नु भएको छ । उहाँलाई माओवादी केन्द्रले गोलाकारभित्रको हसिया हथौडाबाट निर्वाचन लड्न अनुमति दिइसकेको छ ।




भर्खरै