११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि गठबन्धन एक मात्र विकल्प: मन्त्री कार्की

मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि गठबन्धन एक मात्र विकल्प: मन्त्री कार्की
file
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली पार्टीलाई स्थानीय तह निर्वाचनकै हैसियतमा पुर्याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भएको छ ।

काँग्रेस नेता समेत रहनु भएका मन्त्री कार्कीले मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको काँग्रेसलाई मुलुकको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पनि आगामी निर्वाचनबाट पाउने गरी निर्वाचनमा तयारीमा जुट्नुपर्ने बताउनु भयो । बुधबार काठमाडौंमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली काँग्रेस र सत्तारुढ गठबन्धनको विकल्प नभएको पनि पटकपटक दोहोर्याउनु भयो । आगामी निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै रहने उल्लेख गर्दै मन्त्री कार्कीले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले हासिल गरेको सफलता प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि हासिल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अव हामी निर्वाचनको संघारमा छौं । अव आउने निर्वाचनमा पाँच दलीय गठबन्धननै रहनेछ । यो मुलुकको स्थिरताका निमित्त, यो मुलुकको विकासको निमित्त र यो मुलुकलाई तीव्रगतिमा विकासमा अगाडि बढाएर विकासोन्मुख मुलुकबाट विकासशील देशमा हाम्रो देशलाई पुर्याउनका निमित्त अव आउने निर्वाचनमा हामीले एकताका साथ नेपाली काँग्रेसलाई जसले यो मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनहरु गरेको छ । अव मुलुकको आर्थिक परिवर्तनको जिम्मेवारी दिएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउनका निमित्त एक भएर आगामी निर्वाचनमा जसरी अहिले हामीले स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको जुन स्थान हामीले बनाएका छौं । त्यहीँ स्थान आगामी निर्वाचनमा पनि बनाउनका निमित्त हामी सबै आ–आफ्नो तर्फबाट लागौं ।’

मन्त्री कार्कीले पाँच वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पनि नेपाली काँग्रेसनै विजयी हुनेगरी काम गर्न स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । उहाँले विकास निर्माण, जनताको सेवा प्रवाह र उनीहरुको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन पनि स्थानीय तहको सरकारले ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट पर्नु भयो । मन्त्री कार्कीले जनतालाई मर्का नपर्ने गरी करको दर तोक्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘तपाईहरु स्थानीय सरकार हो । प्रदेशको सरकार, केन्द्रको सरकार जनताको निम्ति टाढाको सरकार हो । तपाईहरु जनताको सबैभन्दा नजिकको सरकार हो । त्यसैले तपाईहरुलाई जुन विश्वासका साथ जनताले निर्वाचित गराएका छन । त्यो विश्वासका साथ तपाईहरुले काम गर्नु हुनेछ भन्ने हामी सबैले विश्वास लिएका छौं । मेरो विचारमा तपाईहरुको मुख्य ३ वटा काम छ । विकास निर्माण, सेवा प्रवाह र जनताको गुनासोलाई सम्बोधन गर्ने । यी कुराहरुमा तपाईहरुले ध्यान केन्द्रित गर्नु भयो भने पाँच वर्ष पछि फेरी जनताले हाम्रै पार्टीलाई निर्वाचित गराउने छन । त्यहाँका जनताको रोजाईमा तपाईहरु नै पर्न सक्नुहुन्छ ।’

मन्त्री कार्कीले स्थानीय तहमा करका दरहरु निर्धारण गर्दा सबैको सहमती लिन जरुरी रहेको पनि बताउनु भयो ।